एसबिआई बैंकको प्रगतिउन्मुख विवरण, प्रतिसेयर आम्दानी अझै असन्तुलनमा

Jan 25, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याएको नेपाल एसबिआई बैंक (SBI) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सन्तुलित वित्तीय विवरण प्रकाशित गरेको छ । पूँजी वृद्धिको अनुपातमा कमाई नबढ्दा प्रतिसेयर आम्दानी खस्किएको वित्तीय विवरणमा अन्य सूचकहरु भने सकारात्मक नै देखिएका छन् ।

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ३० लाख रुपैंया खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७५ करोड ८७ लाख रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा २०.३४ प्रतिशतले बढेको हो ।

बैंकले यस अवधिमा तीन अर्ब ८८ करोड रहेको चुक्तापूँजी ८ अर्ब नघाएको छ । चुक्तापूँजी बढेको अनुपातमा बैंकको कमाई बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा छ । गतबर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ थियो ।

निक्षेप संकलन र कर्जाको आकार बढाए पनि बैंकको व्याज खर्च अधिक बढेको छ । जसका कारण उसको खुद व्याज आम्दानी जति बढ्नु पर्ने थियो, त्यति बढ्न सकेको छैन । बैकले यसअवधिमा ८५ अर्ब १६ करोड निक्षेप उठाएर ७१ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सिसिडि ७७.०३ प्रतिशत छ । जसले गर्दा अझै पनि बैंक केही कर्जा विस्तार गर्न सक्ने अवस्थामा देखिन्छ ।

बैंकको कोषको लागत ५.१४ प्रतिशत छ भने आधार दर ९.५० प्रतिशत छ ।

यसअवधिमा बैंकको खराब कर्जाको आकार केही बढेको छ । बैंकको खराब कर्जा ०.१३ प्रतिशत छ । बैंकले यसअवधिमा खराब कर्जा असुली बढाएको छ भने जोखिम वापतको व्यवस्थापन घटाएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैंया ८९ पैसा हुँदा मूल्य आम्दानी अनुपात २६.२२ गुणा बढी छ । यसअवधिमा बैंकको जगेडाकोषको आकार भने केही घटेको छ । बैंकको जगेडाकोषमा ३ अर्ब ६९ करोड छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।