कर्णाली विकासको २२५ प्रतिशत हकप्रदको बिक्री खुल्यो, कहाँ गर्ने आवेदन ?

Jan 25, 2018 merolagani

कर्णाली विकास बैंक(KRBL) ) ले १ः२.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।


पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले माघ ११ गतेदेखि फागुन १६ गतेसम्ममा बैंकको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी १५ करोड १० लाख छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४९ करोड ७ लाख पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।