बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका हुन् ।
बैकले मुलुकभर छरिएर रहेका शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ ।
बैकले पुर्वको झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमाल देखि पहाड, र तराईसम्म ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १३ वटा शाखा रहित बैकिङ्ग सेवा बाट सेवा प्रदान गर्दै आएको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।