पोखरा फाइनान्सकाे पूँजी बढ्दा नाफा घट्दो

Jan 25, 2018 Merolagani

पोखरा फाइनान्स कम्पनी (PFL) को दोस्रो त्रैमासको खुद नाफा गत आर्थिक बर्षको तुलनामा ८० लाख रुपैयाँले घटेर चार करोड तीन लाख रुपैयाँमा सीमित भएको छ । अहिलेको पूँजी अनुपातमा नै नाफा बढाउन नसकेको फाइनान्सको १५ प्रतिशत हकप्रदपछि तेस्रो त्रैमासमा कति प्रगति गर्ला भन्ने प्रश्न सँगसँगै उब्जिएको छ ।

फाइनान्स कम्पनीले यस अवधिमा तीन अर्ब ९४ करोड निक्षेप संकलन गरि तीन अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ । फाइनान्सको निक्षेप पौन ६९ करोड र कर्जा विस्तार साढे ६७ करोड रुपैयाँले बढेको हो । ६ करोड व्याज आम्दानी बढ्दा खर्च ८ करोडले बढेपछि खुद व्याज आम्दानी दुई करोडले घटेर ७ करोड ४० लाखमा सीमित भएको छ । गत बर्ष ९ कराेड २९ लाख खुद व्याज अाम्दानी रहेकाे थियाे ।

फाइनान्सले शुल्क, कमिसन र अन्य आम्दानी शिर्षकमा बढाएको कमाइलाई सकरात्मक पक्ष मान्न सकिएपनि कर्मचारी खर्च र अन्य खर्चमा आएको वृद्धि र संम्भावित कर्जा नोक्सानी दोब्बर बढ्दा त्यसको प्रतक्ष्य असर खुद नाफामा देखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

एफपिओ विक्रीबाट ९ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी बढाएर ६५ कराेड ५७ लाख रहेकाे फाइनान्सको जगेडा कोष भने एक करोड ७६ लाखबाट चार करोड १७ लाख पुगेको छ ।  पूँजी कोष पाँच प्रतिशतले बढेर २५.४८ प्रतिशत कायम हुँदा कोषको लागत र आधार व्याजदर दुबै तीन प्रतिशतले बढेको छ । जसले कम्पनीमा कर्जाकाे व्याजदर बढाएकाे छ ।

पाेखराकाे अन्य सूचकहरु प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३१ पैसा, र निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत छ । अबका दिनमा फाइनान्स कम्पनीले आम्दानीको स्रोतलाई फराकिलो बनाउँदै नजाने हो भने प्रतिसेयर आम्दानीमा थप संकुचन आउने निश्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।