एनएमबीको एफपीओकाे अन्यौल हट्यो, के हुँदैछ ?

Jan 25, 2018 Merolagani

- पूँजी योजना सुस्त
एनएमबी बैंकले पुस मसान्त सकिएको दुई साता बित्न लाग्दा गत आर्थिक वर्षको साधारण सभा बोलाउन सकेको छैन । आठ अर्ब पूँजी पुर्याउन प्रस्ताव गरिएको थप नयाँ सेयर निष्काशनका सम्बन्धमा देखिएको अन्यौलताका कारण बैंक सुस्त बनेको हो । अब भने बैंक पूँजी योजना अनुसार नै अघि बढ्ने भएको छ ।

कम्पनी ऐनले पुस मसन्त भित्रमा कम्पनीहरुले साधारण सभा सम्पन्न गर्नु पर्ने व्यवस्था गरेको छ । पूँजी योजनामा देखिएको अन्यौलताले बैंक साधारण सभा बोलाउने अवस्थामा नपुगेको हो । तर अब भने बैंकको थप नयाँ सेयर निष्काशनका लागि बाटो खुल्ला भएको छ । योसँगै अब बैंकले साधारण सभाको प्रकृया पनि अघि बढाउनेछ ।

यस अघि नेपाल राष्ट्र बैंकले एनएमबीको एफपीओ निष्काशन गर्दा नेदरल्याण्ड्सको एफएमओको हिस्सा २० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण धितोपत्र बोर्डले एफपीओको प्रकृया अघि बढाउन सकेको थिएन ।

राष्ट्र बैंकले एनएमबीको योजना अनुसार एफपीओको बाटो खोलिदिएको छ । राष्ट्र बैंकका अनुसार पहिलेको शर्त संसोधन गरि नयाँ सेयर निष्काशनको बाटो खुल्ला गरिएको हो । राष्ट्र बैंक प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको पूँजी योजना अनुसारको बाटो खुल्ला गरिएको जानकारी दिए ।

उता धितोपत्र बोर्डले पनि एफपीओका लागि राष्ट्र बैंकको स्वीकृति प्राप्त भएको जनाएको छ । बोर्डका अनुसार बैंकको एफपीओ स्वीकृतिको प्रकृयामा प्रवेश गरेको छ । मेरोलगानीसँग कुरा गर्दै बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले राष्ट्र बैंकको सहमति पत्र आएसँगै प्रकृया अघि बढेको बताए ।

तोकेको पूँजी पुर्याउन थप नयाँ सेयर निष्काशन गर्ने प्रकृया पहिलो चरणमा पुरा गर्ने एनएमबी बैंकले जनाएको छ । प्रस्तावित एफपीओ अण्डरराइटिंगको क्रममा रहेको जनाउँदै बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले एफपीओले समेत लाभांश पाउने गरि साधारण सभा आह्वान गरिने बताए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक वर्षको वित्तीय बिवरण अनुसार बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । बैंकले धितोपत्र बोर्डमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ सेयर निष्काशन गर्न आवेदन दिएको हो । उल्लेखित एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ भने प्रिमियम वातको सबै रकम जगेडा कोषमा जान्छ । त्यसपछि ३९ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बोनस बितरण गर्दा एनएमबिको चुक्ता पूँजी ८ अर्ब नाघ्छ । यस आधारमा हेर्दा एनएमबीले एफपीओ पश्चात ६ प्रतिशत हाराहारीमा बोनस बितरण गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।