कुमारीको खुद नाफामा यसकारण आयो उच्च बढोत्तरी, ७१.८९ प्रतिशतको वृद्धि

Jan 26, 2018 merolagani

कुमारी बैंक (KBL) ले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७१.८९ प्रतिशतले खुद नाफा बढोत्तरी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । गतबर्ष केही विकास बैंक र फाइनान्स कम्पनीलाई गाभेको कुमारीको संचालन मुनाफा घट्दा समेत खराब कर्जा उकासेरै उच्च नाफा देखाएको छ ।



बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जून गतबर्षको यसअवधिको तुलनामा ७१.८९ प्रतिशत बढी हो । गतबर्ष बैंकले २७ करोड ९३ लाख खुद नाफा गरेको थियो ।

बैंकले ठूलो मात्रामा खराब कर्जा उठाएपछि नाफा बढेको हो । बैंकले यसअवधिमा ३७ करोड ८६ लाख खराब कर्जा असुल गरेको छ । जबकी गतबर्ष बैंकले ७ करोड ५२ लाख खराब कर्जा उठाएको थियो । खराबी कर्जा असुली बढाएको बैंकको जोखिम व्यवस्थापन रकम पनि बढेको छ । जसले गर्दा उसको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.६१ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा २४ करोड रुपैयाँ राखेको छ ।

यसअवधिमा बैंकको नियमित आम्दानी भने सामान्य छ । बैंकको खुद ब्याज आम्दानी बढेको छ तर संचालन नाफा भने घटेको छ । बैंकको कर्मचारी र ब्याज खर्च उल्लेखीय मात्रामा बढेको छ । निक्षेपको ब्याज बढ्दा ब्याज खर्च बढेको छ । बैंकको आधार ब्याजदर नै ११.१७ प्रतिशत छ । त्यस्तै कोषको लागत ४.७० प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ ।

बैंकको कर्जा पूँजी निक्षेप अनुपात ७६.८२ प्रतिशत छ । अझैपनि बैंकसँग कर्जा विस्तारका लागि केही रकम छ । यसअवधिमा बैकले ५७ अर्ब ६८ करोड निक्षेप संकलन गरेर ५० अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।

कुमारीले गतबर्ष काष्ठमण्डप बैंकसँगै महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो । जसबाट उसको चुक्ता पूँजी दुई अर्ब ६९ करोडबाट ५ अर्ब ९६ करोड पुगेको छ ।

अझैपनि बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन सकेको छैन । गत बर्षको बोनस र प्रस्ताबित २० प्रतिशत हकप्रदबाट बैंकको पूँजी आठ अर्ब पुग्नेछ । बैंकको जगेडाकोषको आकार केही बढेर दुई अर्ब ५९ करोड पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

२० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ । अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुरा गर्नेछ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा,मूल्य आम्दानी अनुपात १७.७१ गुणा, तरलता अनुपात २६.३५ प्रतिशत तथा प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४० पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।