सिभिल बैंक र रिलायन्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

Jan 26, 2018 Merolagani

सिभिल बैंक (CBL) ले निष्कासन गरेको ४० प्रतिशत हकप्रद तथा रिलायन्स फाइनान्स (RLFL) को ४५ प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । दुवै कम्पनीले यसअघि १५ दिनको म्याद थपेर माघ १२ गतेसम्म हकप्रदमा आवेदन दिन पाउने बताएका थिए ।

 

सिभिल बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि बिक्री खुला गरेको हो ।

बैंकले हकप्रद सेयर मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । सेयरधनीले बैंककको हकप्रद लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

५ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैकको हकप्रदपछि चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

रिलायन्स फाइनान्सको पनि हकप्रद भर्ने आजै अन्तिम दिन

रिलायन्स फाइनान्सले १० बराबर ४ दशमलव ५ कित्ता अनुपातमा २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद मंसिर २२ गतेदेखि खुला गरेको थियो ।

रिलायन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा विक्री प्रबन्धकको कार्यालय कमलपोखरी, रिलायन्स फाइनान्स प्रदशनीमार्ग, न्युरोड काठमाण्डौं, महेन्द्रपुल पोखरा, नारायणगढ, बेशीशहर, जनागाल काभ्रे, आरुघाट गोरखा र चारआली झापा मार्फत समेत आवेदन गर्न सम्नेछन् ।

त्यस्तै उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, बुटवल, धरान, नेपालगञ्ज, लाहन, दमक र राजविराजबाट समेत आवेदन गर्न सकिने क्यपिटलले जनाएको छ ।

५१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। हकप्रदपछि गत आर्थिक बर्षको नाफाबाट ६ करोड रुपैयाँको बोनस वितरण गर्दा फाईनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।