शतप्रतिशत हकप्रद बिक्री गर्ने योजनामा रहेको स्वदेशीको कमजोर प्रदर्शन

Jan 26, 2018 merolagani

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु बर्षको दोस्रो त्रैमासिकमा संचालन मुनाफा नकारात्मक रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खराब कर्जा बढेपछि अन्य सूचकहरु समेत ओरालो लागेका छन्।

कम्पनीको खराब कर्जाको जोखिम व्यवस्थापन वापतको खर्च बढ्दा संचालन मुनाफा नकारात्मक देखिएको छ । यद्यपी खुद मुनाफा भने सामान्य बढेको छ । कम्पनीले यस अवधिमा एक करोड ३६ लाख खुद नाफा गरेको छ । गतबर्ष यस्तो नाफा एक करोड ३५ लाख थियो ।

यसअवधिमा कम्पनीले ३२ करोड रुपैयाँ प्रोभिजनमा राखेको छ । प्रोभिजन रकम बढ्दा कम्पनीको खराबकर्जाको अनुपात ०.९२ प्रतिशतबाट १.७८ प्रतिशत पुगेको छ ।

अघिल्लो बर्ष तीन करोडको साधारणसेयर जारी गरेको कम्पनीले १५ प्रतिशत बोनस बाडेर चुक्तापूँजी ११ करोड ५० लाख पुर्याएको छ । अझै कम्पनी शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रियामा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.७२ रुपैंयाँ, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८८ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।