बैंकको ब्याज खर्च दोब्बरले बढ्दा खुद व्याज आम्दानी ९८ लाख रुपैयाँले घट्न पुगेको छ । गत वर्ष दोस्रो त्रैमासमा ११ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले १० करोड ३७ लाखमा ओर्लिएको हो । सञ्चालन नाफा समेत तीन करोडले घटेर तीन करोड ८४ लाखमा सीमित भएको छ ।
आम्दानी शिर्षकहरु शूल्क तथा कमिशन, अन्य सञ्चालन आम्दानी घट्दा व्याज आम्दानीमा आएको सामान्य सुधारले बैंकको खर्च धान्न नसक्दा त्यसको प्रतक्ष्य असर खुद नाफामा देखिएको छ ।
३१ करोड ४६ लाखबाट ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरको बैंकको जगेडा कोषमा १४ करोड ९६ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ ।
निष्कृय कर्जा अनुपात ०.७५ बाट बढेर २.४५ प्रतिशतमा बढेपछि बैंकको संम्भावित कर्जा नोक्सानी कोषको रकम दोब्बर बढेर चार करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले तीन करोड पाँच लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकले प्रतिसेयर आम्दानी बार्षिक १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ २६ पैसा कायम गरको छ भने कर्जा निक्षेप अनुपात ७०.६०, निक्षेपको लागत ७.५४, आधार व्याजदर १०.९९, र पूँजीकोष अनुपात १९.०२ प्रतिशत कायम गरेको छ ।