शुक्रबारसम्ममा लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई, सिटिजन्स, सानिमा, मेगा, सिद्धार्थ र कुमारी बैंकले वित्तीय विबरण निकालेका छन् । जहाँ अझै तीन वटा बैंकको चुक्ता पूँजी आठ अर्ब पुगेको छैन ।
जगेडा कोषका आधारमा सिद्धार्थ बैंकसँग सबैभन्दा धेरै रकम सञ्चित छ भने मेगासँग सबैभन्दा थोरै रकम छ । चित्रमा बैंकहरुको चुक्ता पूँजी र जगेडा कोषको आकार हेर्नुहोस् । चित्रमा क्लिक गरि ठुलो बनाएर हेर्न सकिन्छ ।
धेरै कमाई गरेको एसबिआई बैंकले एक अर्ब ४३ करोड ५७ लाख रुपैंया सञ्चालन मुनाफा गरि ९१ करोड ३० लाख रुपैंया खुद नाफा गरेको छ । सबैभन्दा थोरै कमाई गरेको मेगाले ४७ करोड ३१ लख रुपैंया सञ्चालन मुनाफा आर्जन गरि ३९ करोड ३७ लाख रुपैंया खुद नाफा कमाएको छ । कुमारीको भने सञ्चालन मुनाफा ३४ करोड ५६ लाख रुपैंया हुँदा अझै बढी अर्थात ४८ करोड २ लाख रुपैंया खुद नाफा कमाएको देखिन्छ । खराब कर्जा असुलीबाट बैंकले सञ्चालन मुनाफाभन्दा धेरै खुद नाफा आर्जन गरेको हो ।
कमाईका आधारमा कुन बैंकको अवस्था कस्तो ? चित्रमा क्लिक गरि ठुलो बनाएर हेर्नुहोस् ।
प्रतिसेयर आम्दानीका आधारमा एसबिआई बैंक शिर्ष स्थानमा रहेको छ भने सबैभन्दा तल रहेको मेगाको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै रहेको छ । यस आधारमा हेर्दा मेगाको सेयरलाई उल्लेखित बैंकहरुमा सबैभन्दा कमजोर अवस्थाको भनेर बुझ्न सकिन्छ । मूल्य आम्दानी अनुपात माघ ११ गते बिहीबारको सेयर मूल्यका आधारमा तयार गरिएको छ । चित्रमा क्लिक गरि ठुलो बनाएर हेर्नुहोस् ।
कर्जा निक्षेप अनुपातका आधारमा हेर्दा मेगा बैंक सबैभन्दा कमजोर देखिएको छ । उसको सिडि अनुपात ७९.३७ प्रतिशतमा रहनुले अब कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्न लागेको देखिन्छ । कुमारीको सिडि अनुपात पनि ७६.८२ प्रतिशत छ ।
त्यसै गरी कष्ट अफ फण्डका आधारमा एसबिआईको थोरै हुँदा सिटिजन्सको सबैभन्दा धेरै छ । आधार व्याजदरको आँकडा हेर्दा कुमारीको सबैभन्दा धेरै छ भने एसबिआईको सबैभन्दा थोरै छ । सबै तथ्यांकलाई चित्रमा देखाइएको छ । क्लिक गरि ठुलो बनाएर हेर्नुहोस् ।
उल्लेखित विबरणका आधारमा हेर्दा एसबिआई बैंक सुदृढ देखिन्छ भने मेगा बैंक कमजोर अवस्थामा रहेको देखिन्छ । प्रतिसेयर नेटवर्थका आधारमा हेर्दा सिद्धार्थको नेटवर्थ धेरै छ भने मेगाको सबैभन्दा थोरै छ ।
अघिल्ला त्रैमासहरुको तुलनामा बंगलादेशको प्रगति अधिक सुस्त बनेको बजारले संकेत गरेको छ । उल्लेखित आठ बैंकहरु मध्ये बंगलादेश बैंकको सेयर मूल्य सबैभन्दा सस्तो छ भने एसबिआईको सबैभन्दा महँगो छ । अन्य बैंकहरुको सेयर मूल्य पनि औसतमा तीन सय रुपैंयाको हाराहारीमा छ । चित्रमा नेटवर्थ र दोस्रो बजारमा बिहीबार अन्तिम पटक कारोबार भएको प्रतिकित्ता सेयर मूल्यको तथ्य हेर्नुहोस् । चित्रमा क्लिक गरि ठुलो बनाएर हेर्न सकिन्छ ।
- Data Source - Merolagani Data Analytics