मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्नुमा यस्ता छन् कारण

Jan 27, 2018 Merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) को व्याज आम्दानी घटेर समग्र खर्च शिर्षक बढेपछि खुद नाफामा पहिरो नै गएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको नाफा एक करोड पाँच लाख रुपैयाँले घटेको छ ।

गत बर्ष दोस्रो त्रैमासमा पाँच करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको बैंककाे खुद नाफा २०.१७ प्रतिशतले घटेर चार करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी चार करोड ७० लाख रुपैयाँले मात्र बढेर २० करोड १५ लाख रुपैयाँ पुगेको छ । 

उता व्याज खर्च दोब्बरले बढेर १२ करोड ७४ लाखमा बढेपछि खुद व्याज आम्दानी अाठ कराेड ८८ लाख रूपैयााबाट सात करोड ४० लाखमा घट्न पुगेको हाे । बैंकको सञ्चालन नाफा समेत आठ करोड १९ लाखबाट २०.२४ प्रतिशतले घटेर ६ करोड ५३ लाख मात्र रहेको छ ।

बैंकको अन्य सञ्चालन खर्च २९ लाखले बढेर एक अर्ब १४ करोड पुगेको छ भने कर्जा नोक्सानी व्यवस्था २९ लाखबाट बढेर ५२ लाखमा बढेको छ । आम्दानी घटेपनि कर्मचारी खर्च ४३ लाखले बढ्दा नाफा घट्न थप सहयोग पुगेको छ ।

यस अवधिमा बैंकले तीन अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको मितेरीको जगेडा कोषमा १२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.०८ प्रतिशतमा झार्नुलाई बैंकको उल्लेख्य सफलता मान्न सकिन्छ । त्यस्तै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६८ पैसा, निक्षेप लागत ८.९२ र कर्जा निक्षेप अनुपात ७३.२८ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।