बैंकले यसअवधिमा १ खर्ब ३ अर्ब २९ करोड निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १२ प्रतिशत अर्थात कर्जा १६ प्रतिशतले बढेको छ ।
बैंकको कोषको लागत ५.०१ प्रतिशत र आधार दर ७.८४ प्रतिशत छ । सिडि रेसयो ७५.८४ प्रतिशत छ । प्रायजसो बैंकको सिडि रेशियो ७९ प्रतिशत नाघेको अवस्थामा यो बैंक अझै कर्जा प्रवाह विस्तार गर्ने रकम देखिन्छ । बैंकको कोषको लागत र आधार ब्याजदर कम भएकाले अन्य बैंकको तुलनामा कम ब्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा १७.३४ प्रतिशतले बढी हो । गतवर्षको यही अवधिमा बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेकोे थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि नाफा बढेको हो । बैंकले पुषसम्म १ अर्ब ७७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बाट २ अर्ब ९ करोड आर्जन गरेको छ । संचालन आम्दानी १९.४४ प्रतिशत र ब्याज आम्दानी १८.१७ प्रतिशतले बढेको हो ।
बैंकको प्रतिशेयर आम्दानी भने यो अवधिमा घटेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ बाट २८ रुपैयाँमा झरेको छ । ४ अर्ब ६० करोडबाट चुक्तापूँजी बढाएर ८ अर्ब १० करोड पुर्याएको बैंकको पूँजी बढेको अनुपातमा कमाई नबढेपछि प्रतिसेयर आम्दानी खस्केको हो । बैंकको जगेडाकोषको आकार भने ४ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ५ अर्ब १९ करोड पुगेको छ
बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट ०.२५ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.९३ गुणा कायम भएको छ ।