ब्याज खर्च धान्न नसकेपछि तिनाउ विकासको नाफा घट्यो

Jan 28, 2018 merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तिनाउ विकास बैंक(TNBL) को खुद मुनाफा २२ प्रतिशत भन्दा धेरैले घटेको छ । बैंकको व्याज खर्च तथा कर्मचारीको खर्च बढेपछि खुद नाफामा उच्च गिरावट आएको हो ।



गत आर्थिक वर्षको यस अवधिमा पाँच करोड १८ लाख २४ हजार खुद नाफा गरेको बैंकले चालु बर्षको यसै अवधिमा तीन करोड ९९ लाख ७१ हजार रुपैँयाँ मात्र नाफा कमाएको छ ।

गत वर्ष ब्याजमा नौ करोढ ४१ लाख खर्चेको थियो भने यस वर्ष झण्डै दोब्बर १७ करोड ३० लाख खर्चेको छ ।

त्यसैगरी गत अवको यस अवधिमा एक करोड ७० लाख कर्मचारीको तलबका लागि खर्चेको थियो भने यस वर्ष दुई करोड १८ लाख रुपैँया खर्चेको छ ।

बैंकको गत वर्षको यस अवधिमा ०.३४ प्रतिशत रहेको खराव कर्जा यस वर्ष ०.२८ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैंयाँ ७७ पैसा छ ।

बैंकको चुक्ता पूँजी ५० करोड ६९ लाख ३४ हजार पुगेको छ । यस अवधिमा बैंकले चार अर्ब ३३ करोड निक्षेप संकलन गरेर ३ अर्ब ५२ करोड कर्जा पचिारलन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।