जसमा ३ वटा वाणिज्य बैंक परेका छन् । त्यसै गरी १५ वटा विकास बैंक, १४ वटा फाइनान्स र ९ वटा जलविद्युत कम्पनीको सेयर मूल्य २ सय रुपैंयाभन्दा सस्तो छ ।
२ सय रुपैयाँ भन्दा सस्तो सेयर मूल्य भएका कम्पनीको उपसमुह ।
सबैभन्दा पहिले १० कम्पनीहरु हेरौं । जसको सेयर मूल्य सबैभन्दा तल्लो विन्दुमा छ । नेपाल चलचित्र विकास कम्पनीको सेयर कारोबार अहिले बन्द छ । तथ्यांकले उसको सेयर ४ वर्ष पहिले ३४ रुपैयाँमा किनबेच भएको देखाउँछ । कम्पनीले गत वर्ष साधारण सभा गरेपनि सक्रिय र व्यवस्थित रुपमा काम नगरे पछि यो अवस्था आएको हो । यो कम्पनीको कारोबार कहिले खुल्छ भन्न सक्ने अवस्था छैन ।
त्यस पछि नेशनल हार्इड्रो, वल्र्ड मर्चेण्ट बैंकिंग एण्ड फाइनान्स, श्रीराम सुगर मिल्स, जेविल्स फाइनान्स, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक लगायतका कम्पनीको सेयर मूल्य १४० रुपैयाँभन्दा तल छ । केही विकास बैंकहरुले धानि नसक्नुको हकप्रद निष्काशन गरेका कारण सेयर मूल्य यति सस्तो बनेको हो भने केही फाइनान्स समस्याग्रस्तबाट स्वस्थमा रुपान्तरण भएर राम्रो कार्यप्रदर्शन गरिरहेका छन् । जलविद्युत क्षेत्रमा धेरै चर्चामा आउने नेशनल हाइड्रो भने आन्तरिक विवादका कारण नै माथि उक्लिन नसकेको हो ।
१४० रुपैयाँ प्रतिकित्ता भन्दा सस्तो सेयर मूल्य रहेका शिर्ष १० कम्पनी ।
तीन वटा वाणिज्य बैंकहरु सिभिल, जनता र सेञ्चुरीको सेयर मूल्य औसतमा १८५ रुपैयाँ छ । पूँजी बढाउने क्रममा हकप्रद र साना संस्थाहरुलाई धमाधम विलय गर्ने क्रममा प्रगतिमा देखिएको गिरावटले उल्लेखित बैंकहरुको सेयर मूल्य तल झरेको हो । तर यी बैंकहरुले अबका दिनमा राम्रो अवस्था बनाउन सक्ने आधार पनि उत्तिकै छ ।
१५ वटा विकास बैंकहरुको पनि सेयर मूल्य २०० रुपैयाँभन्दा तल छ । जहाँ केही बैंकहरु राम्रा मानिएका पनि छन् । लगानी गर्नु पहिले उल्लेखित सूचीबाट पनि अध्ययन गरेर उत्कृष्ट कम्पनी छान्ने हो भने राम्रो कमाईको आधार बन्न सक्छ । किनकी अहिले बजार निकै तल्लो विन्दुमा आएर माथि चढ्ने प्रयास गरिरहेको छ ।
१३० देखि १९४ रुपैयाँसम्म सेयर मूल्य रहेका वाणिज्य बैंक तथा विकास बैंकहरु ।
१४ वटा फाइनान्स कम्पनीको सेयर मूल्य पनि तल्लो विन्दुमा रहेको देखिन्छ । केही कम्पनी अहिले पनि राम्रो अवस्थामा रहँदै गर्दा हकप्रदको भारीले सेयर मूल्य तल झरेका छन् भने केही सुधारोन्मुख छन् । बजार उकालो लाग्दा अधिकांशको सेयर मूल्य २ सय माथि पुग्नसक्ने सम्भावना छ । तर उचित निर्णय गर्ने आफैंले हो । हेर्नुहोस् फाइनान्स कम्पनीको सूची ।
९ वटा जलविद्युत कम्पनीको सेयर मूल्य पनि २०० रुपैयाँभन्दा तल छ । अहिलेको बजार अनुसारको प्रतिफल क्षमता कुनै पनि जलविद्युत कम्पनीसँग नरहेका कारण यी कम्पनीहरुको सेयर मूल्य धेरै सस्तो बनेको हो । अरु जलविद्युत कम्पनीको पनि प्रतिफल क्षमता ज्यादै थोरै छ । हकप्रद तथा विभिन्न अफरका नाममा मात्र त्यस्ता कम्पनीको सेयर मूल्य धेरै माथि पुगेका छन् ।
नियामक नहुनुले जे जस्ता निर्णय पनि गर्ने चलन जलविद्युत कम्पनीमा छ । जसले गर्दा अहिले गरेको लगानी भोलि अझै बढ्छ वा घट्छ भन्ने अवस्था रहन्न । तर यहाँ देखिएको सेयर मूल्य भने लगानीका लागि अवसर पनि बन्नसक्छ । ९ वटा जलविद्युत कम्पनी सहित सेयर कारोबार हुन नसकेका श्रीराम सुगर मिल्स र नेपाल चलचित्र विकास कम्पनीको सेयर मूल्य पनि देखाइएको छ ।
उल्लेखित सबै कम्पनीहरु राम्रो अवस्थामा छन् भन्न सकिँदैन । जसका कारण नै सेयर मूल्य धेरै सस्तो भएको हो । नराम्राहरुको सूचीबाट राम्रो छनौट गर्न सक्नेलाई भने पक्कै फाइदा हुनेछ ।