बैंकले चालु आबको पुस मसान्त सम्ममा ८० अर्ब ५५ करोड निक्षेप संकलनगरी ७० अर्ब ९३ करोड कर्जा प्रबाह गरेको छ । बैंकको ६ महिनाको व्याज आम्दानी ४ अर्ब २५ करोड छ भने व्याज खर्च २ अर्ब ७५ करोड रुपैयाँ गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब २६ करोड रुपैयाँ थियो।
बैंकको चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन अझै एक अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने छ। बैंकले गतबर्षको कमाईबाट बोनस घोषणा गर्न बाँकी छ । बैंकले जगेडाकोषमा ५ अर्ब २३ करोड राखेको छ ।
बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ। । गत आबको सोही अबधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशत रहेको थियो । बैंकको प्रोभिजनमा ९ करोड ५६ लाख रुपैयाँ राखेको छ भने २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ। कोषको लागत चारबाट सात प्रतिशत नाघेको छ । सीसीडी रेसियो पनि ७६.६१ प्रतिशत नाघेको छ । बैंकलाई थप कर्जा प्रवाह गर्न अन्य बैंकको तुलनामा सहज नै छ ।
बैंकको प्रतिशेयर आम्दानी ३१.१८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४.६६ गुणा, तरलता अनुपात २४.३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८०.९८ रुपैयाँ रहेको छ ।