Fri, Mar 29, 2024
कृषि विकास बैंक (ADBL) ले गत आर्थिक बर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस पारित गर्न माघ २९ गते साधारण सभा बोलाएको बैंकले माघ १५ गते सोमबार सेयरधनी किताब बन्द गर्ने भएको छ ।
यसअनुसार माघ १४ गते आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन् ।
बैंकले एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।