निक्षेप अभावले बैंकको व्याज खर्च एक अर्ब ४४ करोडले बढ्नु, ब्याजको स्प्रेड दरमा ३.८५ रहनु, कर्मचारी खर्च वृद्धि झण्डै २० करोडले बढ्नु, शाखा विस्तार, तथा अन्य सञ्चालन खर्च दोब्बरले बढेका कारण बैंकको वित्तीय सूचङ्कमा आशातित सुधार नदेखिएको हो ।
आन्तरिक समस्या तथा खर्च कटौतीमा बैंक कमजोर बन्दा १९ करोड रुपैयाँ राइट व्याक गर्दा समेत बैंकको खुद नाफा ११ करोडले मात्र बढेको छ ।
यस अवधिमा बैंकको खुद मुनाफा २७ करोड १७ लाख रुपैयाँ पुगेको छ । राम्रो मानिएका सिद्धार्थ र त्रिवेणी विकास बैंकलाई समाहित गरेर समेत बैंकको नाफा बढ्न पुगेको देखाउने सूचक राइटव्याक मात्र बनेकाे छ । बैंकको प्रगतिको रफ्तारमा खर्चवृद्धिको मात्रै ब्रेक लागेको देखिएकाे छ ।
दुई विकास बैंक मर्जर तथा प्राप्तीले बैंकको निक्षेप २५ अर्ब ५६ करोडबाट ५२ अर्ब ८० करोड पुग्दा कर्जा परिचालन पनि सोही अनुसार २२ अर्ब ९७ करोडबाट ४८ अर्ब ६९ करोड पुर्याएको छ । गत बर्ष यसै अवधिमा दुई अर्ब ३० करोड ७२ लाख चुक्ता पूँजी रहेको जनताले १४.४० प्रतिशत बोनस र मर्जर तथा प्राप्तीले आठ अर्ब सात लाख रुपैँया पु¥याएको छ । बैंकको जगेडा कोष ३३ करोडबाट एक अर्ब ६ करोड पुगेको छ ।
बैंकले चालु आवको यस अवधिमा दुई अर्ब दुई करोड ब्याजमा खर्चेको छ गत वर्ष ५७ करोड ८४ लाख मात्र खर्च गर्नु परेको थियो । बैंकले ब्याज आम्दानीमा सुधार गरेको छ । गत वर्ष यसै अवधिमा ९८ करोड ६२ लाख रुपैँया आम्दानी गरेको बैंकले यस अवधिमा दुई अर्ब ९९ करोड २८ लाख ब्याज आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा ४० करोड ७७ लाखबाट बढेर ९७ करोड २८ लाख रुपैँयाँ पुगेको छ । गत आवको यस अवधिको तुलनामा बैंकको तरलता अनुपात २२.८३ प्रतिशतबाट यस वर्ष २४.४७ प्रतिशत पुगेको छ ।
गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.५७ प्रतिशतबाट बढेर २.६५ प्रतिशत पुगेको छ । जसका कारण कर्जा नोक्सानी व्यवस्था १४ करोडबाट ४१ करोड पुगेको छ । बैंकको कर्मचारी खर्च १० करोड १९ लाखबाट ह्वात्तै बढेर २९ करोड ८२ लाख पुगेको हो । बैंकको निक्षेप लागत लागत खर्चमा ४.५७ बाट बढेर ७.८३ प्रतिशतमा पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ६.७९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ३३ पैसा, कर्जा निक्षेप अनुपात ७८.१४ प्रतिशत, र पूँजीकोष अनुपात १६.८७ प्रतिशत रहेको छ ।