पूँजी बढ्दा पनि सेञ्चुरीले कसरी गर्यो प्रतिसेयर आम्दानीमा सन्तुलन ?

Jan 28, 2018 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरी कमर्शियल बैंकले ८ रुपैंया ४७ पैसा प्रतिसेयर आम्दानी भएको वित्तीय विबरण निकालेको छ । गत असोज मसान्तमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैंया ७५ पैसा थियो । यस अवधिमा कमाईसँगै पूँजी पनि बढेका कारण बैंकको प्रतिसेयर आम्दानी स्थिर बनेको हो ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैँयाँ ६७ पैँसा घटेको छ । बैंकको गत वर्ष १२ रुपैँया १४ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ८ रुपैंया ४७ पैसामा झरेको हो । 

बैंकले पुस मसान्तसम्ममा ३२ करोड ५१ लाख १ हजार रुपैंया खुद नाफा कमाएको छ । राष्ट्र बैंकको पूँजी योजना अनुसार विभिन्न संस्थालाई आफुमा गाभ्दा पनि बैंकको कमाईमा पूँजी बढे अनुसारको कमाई नदेखिएको हो । गत असोज महिनाको कमाईसँग दाँज्दा भने पूँजी बढेको हाराहारीमा बैंकको कमाई बढेको हो ।

बैंक सानो अवस्थामा अन्य संस्थासँग मर्जरमा नजाँदाको अवस्थासँग दाँज्ने हो भने बैंकको अहिलेको कमाईलाई ज्यादै सुस्त मान्नु पर्ने हुन्छ । गत आर्थिक वर्षको यसै अवधिमा साना संस्थाको सहयोग बिना नै सेञ्चुरीले २२ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको थियो । त्यस बेला उसको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैंया थियो । अहिले बैंकको चुक्ता पूँजी ७ अर्ब ६७ करोड रुपैंया छ ।

बैकले यस अवधिमा ७६ करोड खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५१ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको दोस्रो त्रैमासमा एक अर्ब २२ करोड ७९ लाख ब्याज आन्दानी गर्न गरेको यस बैंकले अहिले दुई अर्ब ६३ करोड ३३ लाख ब्याज आन्दानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यसैगरी बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड १९ लाख रुपैंया ब्याजमा खर्च गरेकोमा अहिले त्यस्तो खर्च बढेर एक अर्ब ८७ करोड ३१ लाख पुगेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा ०.४७ प्रतिशतबाट बढेर ०.९९ प्रतिशत पुगेको छ । बैंकको तरलता अनुपात २३.५५ प्रतिशतबाट बढेर २७.२८ प्रतिशत पुगेको छ ।

गत वर्षको तुलनामा बैंकले ३२ अर्ब ६७ करोड ५७ लाखबाट बढाएर ५२ अर्ब १७ करोड ७१ लाख रुपैँया निक्षेप संकलन गरेको छ ।

त्यसैगरी गत आवको यस अवधिमा बैंकले २९ अर्ब एक करोढ ६० लाख कर्जा प्रवाह गरेको थियो भने यस वर्ष ४७ अर्ब दुई करोड ४३ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको कर्मचारी खर्च १४ करोड १८ लाख रुपैँयाँबाट बढेर २० करोड नौ लाख पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।