सप्तकोशीले एक अर्ब १६ करोड निक्षेप संकलन गरि एक अर्ब पाँच करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट बैंकले खुद व्याज आम्दानी एक करोड बढेर चार करोड एक लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको शूल्क तथा कमिसनको आम्दानी घटेको छ भने कर्मचारी र अन्य सञ्चालन खर्च क्रमश ४८ लाख तथा ४२ लाखले बढेको छ । यस अवधिमा बैंकको कर्मचारी खर्च एक करोड ३७ लाख तथा अन्य सञ्चालन खर्च एक करोड ३१ लाख पुगेको छ । एक करोड ४८ लाख खराब कर्जा उठाएपनि उठाएभन्दा ५० लाख बढी जोखिम कोषमा व्यवस्था गर्नुपरेपछि बैंकको नाफा बढ्न नसकेको हो ।
एक बर्ष अवधिमा बैंकको १० करोड रहेको चुक्ता पूँजी हकप्रद र बोनसबाट ४८ करोड ५३ लाख पुगेको छ । निष्कृय कर्जा अनुपात १.३८ बाट ०.९६ प्रतिशतमा झरेको छ भने पूँजी कोष अनुपात १६ बाट ४० प्रतिशतमा बढेको छ ।
मोरङमा प्रधान कार्यालय रहेको बैंकको कर्जा निक्षेप अनुपात ६२.७४ प्रतिशत, निक्षेप लागत ६.३३ प्रतिशत रहेको छ ।