यसरी सुस्ताउँदैछ बैंक अफ काठमाण्डू, कर्जा प्रवाहमा पनि लाग्दैछ लगाम

Jan 28, 2018 Merolagani

बैंक अफ काठमान्डू (BOK) ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा सन्तोषजनक बित्तिय पस्कन सकेन । व्याज खर्चका साथै कर्मचारी खर्चमा आएको बढोत्तरीले बैंकको व्यवसायिक यात्रा सुस्त बनेको हो । गत बर्षको दाश्रो त्रैमासको तुलनामा बैकको खूद नाफा मात्र झण्डै ८ प्रतिशतले घटेको छ ।

समीक्षा अबधिमा बैकको खुद नाफा ६० करोड १४ लाख ४७ हजार रुपैयाँबाट ५५ करोड १५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । लगानी अभावको असरले यस बैकलाई पनि छुँदा व्याज आम्दानीभन्दा व्याज खर्च अधिक बढेको देखिन्छ । जसका कारण समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी करीब ४६ हजारले घटेको देखिएको छ ।

बैकले संभावित जोखिममा २३ करोड ५९ लाख छुट्याएपछि बैकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा घटेको छ । गत बर्षको दोश्रो त्रैमासमा ८६ करोड ५९ लाख ९८ हजार रुपैंया सञ्चालन नाफा गरेको बैंकले यो बर्षको दोश्रो त्रैमासमा आइपुग्दा ७५ करोड ६५ लाख ६३ हजार रुपैंयामा सीमीत भएको छ ।

बैंकले यो त्रैमासमा ६ करोड ८६ लाख ७५ हजार रुपैयाँ राइट ब्याक गरेपनि खुद नाफालाई बढाउन सकेन । दोश्रो त्रैमास सम्म आइपुग्दा बैंकले ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ बैंकले ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अहिले बैकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैंया पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ८९ करोड ७५ लाख रुपैंया सञ्चित छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले यही जगेडा कोषबाट बोनस बितरण गर्नुपर्ने हुन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको खराब कर्जा अनुपात गत वर्षको तुलनामा बढेर ०.३५ अंकले बढेको छ । सिडी रेसियो राष्ट्रबैकले तोकेको ८० प्रतिशतलाई छुन लागेको छ । बैंकको सिडी अनुपात ७९.२४ प्रतिशत छ । यो अवस्थामा बैंकले थप कर्जा प्रवाह गर्न सक्ने आधार देखिँदैन । पूँजीकोष लागत पनि ४.१२ बाट बढेर ७.६ मा पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा छ । बैकको दोश्रो त्रैमाससकिँदा सम्ममा तरलता अनुपात २६.३१ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।