दुई बाणिज्य बैंकको सहित एक करोड ६७ लाख कित्ता बोनस सूचीकृत

Jan 28, 2018 Merolagani

आईतबार नेपाल स्टक एक्सचेञ्जमा दुई बाणिज्य बैंक सहित चार कम्पनीको बोनस सूचीकृत भएको छ । सबै कम्पनीको गरि कुल एक करोड ६७ लाख ६२ हजार १४० दशमलव ६६ कित्ता सेयर सेयर बजारमा थपिएको छ ।

आईतबार ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, काबेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बोनस सेयर सूचीकृत गराएका हुन् ।

ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षमा वितरण गरेको ८० लाख ८० हजार ३४१ दशमलव ६६ कित्ता बोनस सूचीकृत गराएको हो । बैंकको कात्तिक २३ गते सम्पन्न ११ औ बार्षिक साधारण सभाले १० प्रतिशत बोनस र १० प्रतिशत नै नगद लाभांश पारित गरेको थियो ।

लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४१२ कित्ता सेयर सूचीकरण भएको छ । बैंकले गत आर्थिक बर्षमा चुक्ता पूँजी ७ अर्ब ४७ करोड रुपैयाँको ९ प्रतिशत बोनस मंसिर २८ गते सम्पन्न १७ औ बार्षिक साधारण सभाले पारित गरेको थियो । सोही सेयर बैंकले आईतबार सूचीकृत गराएको हो ।

त्यस्तै काबेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता सेयर सूचीकृत गराएको छ । बैंकको नवौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७२ ७३ मा वितरण गरेको चुक्ता पूँजीको २० प्रतिशत बोनस सूचीकृत गराएको छ ।

सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पूँजी ५३ करोड ४५ लाख रुपैयाँको २० प्रतिशत बराबरको १० लाख ६९ हजार ३५ कित्ता बोनस सूचीकरण गराएको छ । कम्पनीको कातिक २९ गते सम्पन्न १६ औ बार्षिक साधारण सभाले गत आर्थिक बर्षमा नाफाबाट २० प्रतिशत बोनस गरेको थियो ।

आईतबार सूचीकरण भएका सबै कम्पनीको बोनस सेयर सेयरधनीले खातामा प्राप्त गरेपश्चात खरिदविक्री गर्न सक्नेछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।