यहाँ हामीले पछिल्लो २ सातामा बैंकहरुले सार्वजनिक गरेको व्याजदरको तथ्यांक केलाउने जमर्को गरेका छौं । बैंकहरुले कर्जा परिचालन भन्दा निक्षेप संकलनलाई अधिक प्राथमिकतामा राखेका छन् । निक्षेप संकलन लक्षित सूचना निकाल्ने बैंकहरुको संख्या धेरै हुँदा कर्जा परिचालन गर्ने व्याजदरको सूचना निकाल्ने बैंकको संख्या न्युन छ ।
कर्जा प्रवाहमा कडाई गर्दै आएका बैंकहरुले उच्चतम व्याजदर कायम हुने गरि सार्वजनिक गरेको आधार व्याजदरको तथ्यांक यस्तो छ । जहाँ बैंकहरुको न्युनतम आधार व्याजदर ९ देखि ११.५ प्रतिशतसम्म छ । यो आधार व्याजदरमा प्रिमियम थप गरि बैंकहरुले कर्जा प्रवाह गर्ने छन् ।
चित्रमा ९ वटा वाणिज्य बैंकहरुको आधार व्याजदर सहित स्प्रेडदरलाई देखाइएको छ । बैंकहरु निक्षेप संकलनमा केन्द्रित हुँदा २.८० प्रतिशतदेखि ४.७८ प्रतिशतसम्मको स्प्रेड दर कायम भएको छ । राष्ट्र बैंकले यस्तो स्प्रेड ५ प्रतिशतभन्दा धेरै हुन नपाउने व्यवस्था गरेको छ ।
- Click on Image to enlarge
उल्लेखित चित्रमा ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंकको स्प्रेडदर दोस्रो त्रैमासिक वित्तीय विबरणबाट लिइएको छ । केही समय अघि स्टाण्डर्ड चार्टर्ड बैंकले स्प्रेड ६.१० प्रतिशतसम्म उक्लिएको सूचना सार्वजनिक गरेको थियो । यस सम्बन्धमा राष्ट्र बैंकले कुनै सोधपुछ वा जानकारी माग्ने प्रयास नगरेको बुझिएको छ ।
निक्षेप अभावमा कर्जा परिचालन गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुले कर्जालार्ई नियन्त्रण गर्न उच्च दरको प्रिमियम निर्धारण गरेका छन् । कतिपय बैंकले कर्जा परिचालनको व्याजदर नै सार्वजनिक गरेका छैनन् ।
यहाँ ८ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको कर्जा प्रवाहको व्याजदरका लागि तोकिएको प्रिमियम देखाइएको छ । प्रिमियममा आधार व्याजदर जाडेर कायम हुने व्याजदरमा बैंकहरुले कर्जा परिचालन गर्ने छन् । तर यो व्याजदर सामान्य अवस्थाको भन्दा अधिक भएकाले अहिले सर्वसाधारणहरुमा एक किसिमको त्रास पैदा भएको छ ।
चित्रमा न्युनतम र अधिकतम प्रिमियम प्रतिशतलाई देखाइएको छ । सबैभन्दा माथिको चित्रमा देखाइएको आधार व्याजदरमा यो प्रिमियम थप गरि कर्जा परिचालन हुनेछ ।
- Click on Image to enlarge
चित्रलाई हेर्दा मेगा बैंकबाट कर्जा लिन नसकिने अवस्था देखिन्छ । उसले निक्षेपलाई प्राथमिकतामा राखेको प्रष्ट हुन्छ । एसबिआई र इन्भेष्टमेण्ट बैंक कर्जा परिचालनमा केही लचिलो भएको तथ्यले देखाउँछ । यसको अर्थ यो हो की यी २ बैंकहरु निक्षपेयोग्य रकमको अभाव थोरै मात्रामा झेलिरहेका छन् ।
कर्जा परिचालनमा धान्नै नसकिने व्याजदर पछि हेरौं निक्षेप संकलनको व्याजदर । माथिको चित्रमा ८ वटा बैंकले मात्र कर्जा प्रवाह गर्ने व्याजदर सार्वजनिक गरेका छन् । तर यहाँ निक्षेप संकलन गर्नका लागि उच्च व्याजरमा ११ बैंकहरुले सूचना निकालेका छन् । जहाँ साधारण बचतका लागि सबैभन्दा कम व्याजदर एसबिआई बैंकले प्रस्ताव गरेको छ भने सिभिल बैंकको सबैभन्दा धेरै छ । एसबिआईले साधारण बचतमा न्युनतम २ देखि ४ प्रतिशतसम्मको व्याजदर प्रस्ताव गर्दा सिभिलले ७.२५ देखि ८.५० प्रतिशतसम्मको व्याजदरमा निक्षेप प्रस्ताव गरेको छ । अरु बैंकको कति छ ? यो चित्र हेर्नुहोस् ।
- Click on Image to enlarge
मुद्धती बचतमा पछिल्लो १५ दिनमा ८ वाणिज्य बैंकहरुले व्याजदरमा तिब्र प्रतिष्पर्धा गरेका छन् । जहाँ एसबिआई, सनराइज, कुमारी लगायतका बैंकहरु केही लचिलो हुँदा इन्भेष्टमेण्ट बैंकदेखि सिद्धार्थ, मेगा, सेञ्चुरी लगायतले धेरै व्याजदरमा मुद्धती निक्षेप गर्ने प्रस्ताव गरेका छन् । केही समय अघि बैंकर संघको बैठकले निक्षेपको व्याजदर १२ प्रतिशत माथि नपुर्याउने निर्णय गरेका कारण बैंकहरु त्यो सिलिंग ताडेर माथि जान सकिरहेका छैनन् ।
- Click on Image to enlarge
उल्लेखित तथ्यांकहरुले आगामी दिनमा बैंकहरु कर्जा परिचालन नगर्ने अवस्थामा पुग्ने देखिन्छ । साथै निक्षेप संकलनमा अब सबै बैंकहरु बैंकर संघको निर्णय अनुसारको व्याजदर १२ प्रतिशतमा उक्लिने देखिन्छ ।
यो तथ्यलाई हामीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विबरणबाट प्रष्ट्याउन खोजेका छौं । जहाँ केही बैंकबाहेक सबैको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक पुगेको देखिन्छ । एभरेष्ट, सेञ्चुरी, एनएमबी र कुमारी बैंकको कर्जा निक्षेप अनुपात ७६ प्रतिशतको औसतमा छ भने बाँकी सबैको ७७ प्रतिशतभन्दा माथि छ । ४ वाणिज्य बैंकको मात्र यस्तो अनुपात ७९ प्रतिशतभन्दा माथि हुनुले बैंकहरुको समस्या अझै बढ्ने प्रष्ट हुन्छ । कर्जा निक्षेप अनुपातको यो तथ्य हेर्नुहोस् ।
- Click on Image to enlarge