बुटवल पावरको एफपिओको बिक्री खुल्यो, कहाँ र कसरी गर्ने आवेदन ?

Jan 29, 2018 merolagani

बुटवल पावर कम्पनी (BPCL) ले निष्कासन गरेको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।



कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

आवेदकलाई दश कित्ता सेयर अनिवार्य गरिएकाले यसअघिका सार्वजनिक निष्कासनलाई आधारमान्दा त्यत्तीकै मात्रामा आवेदन परेमा २० कित्ताका दरले सेयर पाउने सम्भावना रहन्छ ।

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साथै बीपीसी एक सय मेगावाटको मनाङमर्स्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।

हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयर ६३० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

देशको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको सबै बित्तीय सूचकहरुको अध्ययनपछि एफपीओलाई ‘आइपीओ ग्रेड ३’ को रेटिङ प्रदान गरेको छ । जलविद्युत कम्पनीलाई ग्रेड ३ को रेटिङ दिइनु नै यो कम्पनीका आधारभूत पक्षहरु औसत र सन्तोषजनक नै छन् भन्ने हो ।

बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।