नेपाल बैंकले बनाउदै छ लाभांस खुवाउने हैसियत

Jan 29, 2018 merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक(NBL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर गएको बर्ष सेयर तथा सम्पत्ती बिक्री गरेर उच्च नाफा देखाएकोे बैंकले नियमित बैकिंग कारोबारबाटै आम्दानी सन्तुलनमा राखेर लगानीकर्तामा आसाको संञ्चार जगाएको छ ।



नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो । गतबर्ष यसै अवधिमा बैंकले एक अर्ब ८९ करोड खुद नाफा गरेको थियो ।

कर्जा तथा निक्षेपको आकार बढाएको बैंकको व्याज आम्दानी उल्लेखीय रुपमा बढेको छ । बैकले ९१ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । यसअवधिमा बैंकले ब्याज आम्दानी बाटै ४ अर्ब २४ करोड आर्जन गरेको छ भने ब्याज खर्चमा एक अर्ब ३० करोड खर्च गरेको छ । जसले गर्दा बैंकले खुद ब्याज आम्दानी बाटै २ अर्ब ९४ करोड आर्जन गरेको छ ।

शुल्क तथा कमिशन, सञ्चालन खर्च तथा कर्मचारी खर्च बढेको छ । बैंकको जोखिम व्यवस्थापन खर्च समेत बढेको छ । बैंकको खर्च बढेपनि संचालन मुनाफा बढ्नु सकारात्मक पक्ष हो । गैर गैरसञ्चालन आम्दानी नभएकाले गतबर्षको भन्दा खुद नाफा घटेपनि बैंकको प्रगति सन्तोषजनक देखिन्छ । बैंकको खराब कर्जा असुली गतबर्षको भन्दा कम छ । पुषसम्म बैंकले २३ करोड खराब कर्जा उठाएको छ । यसअवधिमा बैंकको खराब कर्जाको आकार बढेर ३.२३ प्रतिशत पुगेको छ ।

विगत वर्षहरुमा ऋणात्मक जगेडाका कारण लगानीकर्तालाई कुनै लाभांस बितरण गर्न नसक्ने अवस्थामा रहेको बैंक अब लाभांस खुवाउन सक्ने अवस्थामा उक्लिएको छ । निरन्तरको सफलताले बैंकको जगेडा कोषको आकार बढ्दै गएको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष ५ अर्ब नाघेको छ ।

चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

बैंकको कोषको लागत जम्मा २.९४ प्रतिशत छ भने आधार ब्याजदर ६.९३ प्रतिशत छ । जसको सिसिडि रेसियो ७५.३० प्रतिशत छ । अन्य बैंकहरुलाई कर्जा विस्तार गर्न असहज भएको अवस्थामा नेपाल बैंकलाई खासै समस्या देखिदैन । अन्य बैंकहरुको तुलनामा बैंकको कोषको लागत र आधार ब्याजदर समेत कम भएकाले अन्य भन्दा सस्तोमा ऋण प्रवाह गर्न सक्ने अवस्था रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।