व्यापार विस्तारको आक्रामक रणनितिले यस्तो देखियो एनआईसी एशियाको अवस्था

Jan 29, 2018 Merolagani

बाणिज्य बैंकहरुमध्ये कर्जा लगानी र शाखा विस्तारको रणनिति अख्तियार गरेको एनआईसी एशिया बैंक (NICA) को दोस्रो त्रैमासिक प्रतिवेदन भने उल्लासमय आउन सकेन । आम्दानी अनुसारको नै खर्च बढेपछि बैंकको नाफा गत आर्थिक गत बर्षको भन्दा घट्न पुगेको हो । 

बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १४ करोड ९६ लाख अर्थात २०.७३ प्रतिशतले घटेर ५७ करोड १७ लाखमा खुम्चिएको छ ।

बैंकको कर्जा विस्तार ५२ प्रतिशत र निक्षेप संकलन ५१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक खर्ब २० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब दुई अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले पाँच अर्ब ५५ करोड व्याज आम्दानी गर्दा निक्षेप अभावले चर्को व्याजदर तिर्नुपर्दा चार अर्ब रुपैयाँ त व्याज खर्च गरेको छ । यसबाट बैंकले खुद व्याज आम्दानी ३८ करोडले बढाएर एक अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकको निक्षेप लागत ३.११ प्रतिशत बढेर ७.६० प्रतिशतमा पुगेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.२६ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा बैंकले ३६ करोड आठ लाख कर्जा नोक्सानी व्यवस्था गर्दा १० करोड २६ लाख रुपैयाँ नोक्सानीबाट फिर्ता गरेको छ । बैंकको अन्य सञ्चालन खर्च १९ करोड र कर्मचारी खर्च १० करोड रुपैयाँले बढेको छ ।

यस अवधिमा बैंकको कर्जा निक्षेप ७८.१९ प्रतिशत र पूँजी कोष अनुपात १३.८२ प्रतिशत रहेकाले आगामी दिनमा बैंकलाई पूँजी कोषमा थप सुधार जरुरी देखिन्छ । बैंककाे अाम्दानी फराकिलाे भएपनि  खर्च कटाैतीमा ध्यान दिन नसकेर नै नाफा बढ्न नसकेकाले खर्च बढेकाले यसमा नियन्त्रण गर्दा नाफा बढ्न सहयाेग पुग्ने देखिन्छ । 

१५ प्रतिशत हकप्रद र २० प्रतिशत बोसबाट आठ अर्ब तीन करोड चुक्ता पूँजी रहेका एनआईसीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ७ पैसा, तरलता अनुपात २०.३५ प्रतिशत रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।