बैंकले दोस्रो त्रैमासमा ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको भन्दा २ करोड २२ लाख कम हो । गत वर्ष बैकले ६० करोड ९७ लाख रुपैयाँ कमाएको थियो। बैंकको नाफा गत वर्षको तुलनामा ३.६३ प्रतिशतले थोरै हो ।
बैंकको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढेको छ । संचालन खर्च, कर्मचारी खर्च तथा प्रोभिजन रकम केही बढ्दा बैंकको खुद नाफा घटेको छ । बैंकले ३ अर्ब ५७ करोड ब्याज आम्दानी गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको देखिन्छ ।
बैंकको खराब कर्जा केही बढेर १.६५ प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा अनुपात १.४० प्रतिशत मात्र रहेको थियो । प्रोभिजनमा २३ करोड ६४ लाख राखेको बैंकले २३ करोड २० लाख खराबकर्जा उठाएको छ ।
बैंकको कोषको लागत बढेर ७.३२ प्रतिशत पुगेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात भने ७८.६४ प्रतिशत छ । बैंकले यसअवधिमा ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
पूँजी वृद्धिको अनुपातमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी समेत खुम्चिएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २३ रुपैयाँबाट झरेर १४ रुपैयाँ ४१ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७७ पैसा छ ।
चुक्ता पुँजी ५ अर्बबाट बढाएर ८ अर्ब १५ करोड रुपैयाँ पुर्याएको सनराइजको जगेडा कोषमा २ अर्ब १० करोड छ ।