माछापुच्छ्रे बैंकको नाफा घट्नुमा यस्ता देखिए कारण

Jan 29, 2018 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा घटेको बित्तीय विवरण सार्वजनिक गरेको छ । गत बर्ष ५७ करोड ५३ लाख रुपैयाँ कमाएको बैंकको नाफा १८ प्रतिशतले घटेर ४७ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

चार अर्ब ६६ करोड रुपैयाँबाट आठ अर्ब पाँच करोडमा चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष भने कमजोर देखिन्छ । बैंकको जगेडा कोषमा एक अर्ब ४४ करोड रुपैयाँ मात्र रहेको छ । पूँजी ह्वात्तै बढेपनि आम्दानी वृद्धि निकै सुस्त बन्दा बैंकको प्रतिशेयर आम्दानी २४.६६ रुपैयाँबाट ११.९४ रुपैयाँमा झरेको छ ।

अन्य सञ्चालन आम्दानी घट्ने र कर्मचारी र सञ्चालन खर्च बढ्ने अवस्थाले बैंकको खुद नाफा घटेको हो । बैंकको कर्मचारी खर्च मात्र ७३ करोडले बढेको छ भने अन्य सञ्चालन आम्दानी १३ करोडले घटेको छ ।

कर्जा निक्षेप अनुपात ७९.५७ प्रतिशत रहेको बैकले ६५ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब २६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप १२ प्रतिशतले बढ्दा कर्जा १७ प्रतिशत बढीले विस्तार भएको छ ।

निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशतमा झारेको बैंकको कर्जा नोक्सानी व्यवस्था रकम बढेर १४ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले पाँच करोड ५२ लाख राइट व्याक गरेको छ ।

समीक्षा अवधिमा व्याज आम्दानी ५३ प्रतिशतले बढ्दा व्याज खर्च ११५ प्रतिशतले बढेको देखिन्छ । बैंकले तीन अर्ब ३७ करोड व्याज आम्दानी गर्दा दुई अर्ब ३० करोड रुपैयाँ व्याज खर्च गरेको छ । यसबाट बैंकले एक अर्ब ६ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको छ । गत बर्ष बैंकले ६ अर्ब बढी खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप लागत ३.७९ बाट ७.५९ प्रतिशतमा बढेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ, तरलता २२.७५, पूँजी कोष अनुपात १५.६७ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।