सिभिल बैंकको खुद नाफा पाँच करोड बढ्ने कारण यस्तो

Jan 29, 2018 Merolagani

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमित आम्दानी बाहेक नै तीन करोड २२ लाख रुपैयाँ कमाएपछि खुद नाफा पाँच करोड रुपैयाँले बढेको छ । गत आर्थिक बर्षमा १६ करोड ७३ लाख कमाएको बैकले नाफा २१ करोड ६९ लाख पुर्याएको हो । 

कर्मचारी खच र बोनस व्यवस्था, अन्य सञ्चालन खर्च र निक्षेपको व्याजदर महँङ्गो हुँदा बैंकको नियमित आम्दानी र खर्च झण्डै बराबर रहेको छ । नाफा बढ्ने एकमात्र तत्व अनियमित (एक्स्ट्रा अर्डिनरी) आय मात्र बनेको छ । 

समिक्षा अवधिमा बैंकले ३७ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा विस्तार ३३ अर्ब ५५ करोड रुपैयाँ गरेको छ । गत बर्षको ५४ करोड ९३ लाख खुद व्याज आम्दानी बढेर ५७ करोड ८४ लाख पुर्याएको छ । समीक्षा अवधिमा सञ्चालन नाफा दुई लाखबाट तीन करोड ५५ लाख गरेको छ ।

कर्जा निक्षेप अनुपात ७६.१२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात केही बढेर ४.५२ प्रतिशतमा चढेको छ । कर्जा नोक्सनी कोषमा ३९ करोड ४२ लाख व्यवस्था गरेको छ भने असुली २३ लाख मात्र छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५६ पैसा, पूँजी कोष अनुपात १८.३६ प्रतिशत र निक्षेप लागत पनि बढेर ८.१४ प्रतिशतमा पुगेको छ ।

पाँच अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७३ करोड रुपैयाँ सञ्चित रहेको छ । ४० प्रतिशत हकप्रद विक्री गरिसकेको बैंकले बोनस वितरण गरेर  चुक्ता पूँजी कायम गर्नेछ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।