७ नम्बर प्रदेशमा कैलाशले खोल्यो शाखा

Jan 29, 2018 Merolagani

कैलाश विकास बैंकले सबै प्रदेशमा शाखा सञ्जाल बिस्तार गर्ने लक्ष्य अनुरुप सुदूर पश्चिमको औधोगिक तथा ब्यापारिक नगरी तथा प्रदेश नं. ७ को राजधानी कैलालीमा शाखा बिस्तार गरेको छ । कैलाली जिल्लाको धनगढीमा बैंकले आफ्नो ४३ औँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका का. मु. निर्देशक रमेश आचार्यले गरेका छन् । नयाँ शाखा सहित बैंकको शाखा संख्या ४२ पुगेको छ भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको बीरगञ्जमा थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।