चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम बैंकले ७१ करोड ५१ लख रुपैंया खुद नाफा गरेको छ । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा करिब २८ प्रतिशतले बढी हो । गतबर्षको यसै अवधिमा बैंकले ५५ करोड ९७ लाख खुद नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब ९४ करोडबाट आठ अर्ब ३३ लाख पुगेको छ । पूँजीवृद्धिको अनुपातमा बैंकको नाफा नबढ्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ १७ पैसामा झरेको छ ।
बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ । यसअवधिमा बैंकले ७१ ऋर्ब निक्षेप उठाएर ६२ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको सिसिडि रेशियो ७७.५० प्रतिशत छ । कोषको लागत झण्डै दोब्बरले बढेर ८.१६ प्रतिशत पुगेको छ । आधार ब्याजदर १०.७६ प्रतिशत छ ।
निक्षेप तथा कर्जाको आकार बढ्दा ब्याज आम्दानी र खर्च दुवै बढेको छ । बैंकले यस अवधिमा एक अर्ब भन्दा बढी रकम खुद ब्याज आम्दानीबाट कमाएको छ ।
त्यस्तै बैंकको खराबकर्जा समेत केही बढेको छ । खराब कर्जा १.४३ प्रतिशत छ । २६ करोड ८३ लाख रुपैंया प्रोभिजन गरेको बैंकले १३ करोड ९ लाख रुपैंया राइट व्याक गरेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैंया ३५ पैसा छ भने तरलता अनुपात २३.४६ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १७.०८ प्रतिशत रहेको छ ।