राष्ट्र बैंकले तोकेको पूँजी कायम गरिसकेको फाइनान्सले यस अवधिमा पाँच अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरि चार अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले निक्षेप ५८ करोड तथा कर्जा लगानी ११ करोडले बढाएको छ ।
फाइनान्सले ३४ करोड ९९ लाख व्याज आम्दानी गरपनि २५ करोड ७२ लाख व्याज खर्चेको छ । यसबाट कम्पनीको खुद व्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ३ करोडले घटेर ९ करोड २६ लाखमा खुम्चेको छ ।
फाइनान्सले एक करोड ५५ लाख रुपैयाँको खराब कर्जा उठाएपनि नोक्सानी व्यवस्थामा पाँच करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । सञ्चालन नोक्सानी एक करोड चार लाख पुग्नु, अन्य सञ्चालन खर्च ३५ लाख र कर्मचारी खर्च एक करोड २० लाखले बढेपछि फाइनान्सले नाफामा गिरावट आएको हो ।
फाइनान्सको निष्कृय कर्जा अनुपात ०.५८ प्रतिशतबाट १.५५ प्रतिशतमा बढेको छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसा, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३२ पैसा, निक्षेप लागत ९.३२ प्रतिशत, पूँजी कोष अनुपात १८.२६ प्रतिशत र तरलता अनुपात २५ प्रतिशत रहेको छ ।
अागामी दिनमा कम्पनीले खर्च कटाैती, खराब कर्जा उठाउन ध्यान केन्द्रित गर्नुका साथै पूँजी वृद्दिकाे अनुपातमा लगानी विस्तार गर्नुपर्ने देखिन्छ ।