यस्तो छ गुडविल फाइनान्सको दोस्रो त्रैमास

Jan 30, 2018 Merolagani

चालू आवको दोस्रो त्रैमासमा गुडविल फाइनान्स (GFCL) को खुद नाफा ११ लाख रुपैयाँले बढेको छ । गत आर्थिक आर्थिक बर्ष दुई करोड ९७ लाख कमाएको कम्पनीले तीन करोड आठ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले तोकेको पूँजी कायम गरिसकेको फाइनान्सको जगेडा कोषमा १४ करोड ८६ लाख सञ्चित रहेको छ । कम्पनीले यस अवधिमा चार अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि चार अर्ब सात करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले निक्षेप ९३ करोड तथा कर्जा लगानी ८० करोडले बढेको हो

फाइनान्सले २८ करोड ९८ लाख व्याज आम्दानी गरपनि २२ करोड १६ लाख व्याज खर्चेको छ । यसबाट कम्पनीको खुद व्याज आम्दानी अघिल्लो बर्षको तुलनामा एक करोड ६९ लाख रुपैयाँले घटेर ६ करोड ८१ लाखमा खुम्चेको छ ।
पूँजी वृद्धिको अनुपातमा कम्पनीले नाफा बढाउन सकेको छैन । कर्जा निक्षेप अनुपात ७२ प्रतिशत मात्र रहेकाले लगानी बढाउने सम्भावना रहेको छ ।

अन्य सञ्चालन आम्दानी ३० लाख रुपैयाँले बढाएको फाइनान्सको कर्मचारी खर्च १५ लाख र अन्य सञ्चालन खर्च १२ लाखले बढेको छ । २४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्दा २१ लाख उठाएको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात १.९९ प्रतिशतबाट २.२१ प्रतिशतमा बढेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ५९ पैसा, निक्षेप लागत ९.५१ प्रतिशत, पूँजी कोष अनुपात १९.२६ प्रतिशत र तरलता अनुपात ३३.९२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।