गुहेश्वरी मर्चेन्ट खुद नाफा तीन करोड पाँच लाखमा खुम्चियो

Jan 30, 2018 Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) को खुद नाफा घटेको छ । मर्चेन्टको खुद नाफा १६ लाख ६५ हजार रुपैयाँले घटेको हो । गत आर्थिक बर्षमा तीन करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा हाल तीन करोड पाँच लाखमा खुम्चिएको छ ।

यस अवधिमा फाइनान्सले दुई अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ४० करोड कर्जा विस्तार गरेको छ । यसबाट कम्पनीले पाँच करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी तथा पाँच करोड चार लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

निष्कृय कर्जा अनुपात ०.५६ प्रतिशत रहेको फाइनान्सको जोखिम व्यवस्था घटेर पाँच लाख ६० हजार सीमित भएको छ । यस अवधिमा २४ लाख २० लाख रुपैयाँ अन्य सञ्चालन नोक्सानी व्यहोरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ ११७. रुपैयाँ ०६ पैसा, कर्जा निक्षेप अनुपात ६८.६० प्रतिशत, पूँजी कोष अनुपात २५.३८ प्रतिशत र तरलता अनुपात ३१.५२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।