किन धेरै घट्यो वाणिज्य बैंकहरुको सेयर मूल्य ? तथ्यांकमा हेर्नुहोस्

Jan 30, 2018 Merolagani

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको सेयर मूल्यमा तिब्र गिरावट आएको छ । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभावमा बजार तल झरिरहेको छ । बैंकहरुको सन्दर्भमा चार गुणाले पूँजी बढ्दा सेयर संख्या बढे पछि आएको सेयर सप्लाईले बजारलाई प्रभावित पारेको छ । यहाँ विभिन्न सूचकहरुको तुलना गरेर देखाइएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यमा देखिएको वाणिज्य बैंकहरुको ६ वटा सूचकलाई चालु आर्थिक वर्षको पुस मसान्तको तथ्यसँग तुलना गरिएको छ ।

सबैभन्दा पहिले वाणिज्य बैंकहरुको चुक्ता पूँजी एक वर्षमा कहाँबाट कहाँ पुग्यो भन्ने तथ्य हेरौं ।

चित्रलाई हेर्दा नेपाल क्रेडिट एण्ड कमर्श बैंक बाहेक सबै बैंकहरुले तिब्र गतिमा पूँजी वृद्धि गरेका छन् । जसका कारण एनसीसीको प्रगति अधिक भएको वित्तीय बिवरणको समाचारले प्राथमिकता पाएको थियो । अरु बैंकहरुले ३ अर्ब हाराहारीको पूँजीलाई ८ अर्ब पुर्याएका छन् । यसको मतलव बैंकहरुको सेयर संख्या दोब्बर बढीले धेरै भएको छ ।
अब खुद नाफालाई पनि तुलना गरौं । एकाध बाहेक बैंकहरुको खुद नाफाको आकार एक वर्षको अवधिमा बढेको देखिन्छ ।

लगानीयोग्य रकमको चरम अभावमा पनि बैंकहरुले पूँजीसँगै कमाई बढाउन सकेका छन् तर पूँजीको अनुपातमा नाफा बढ्न सकेको छैन । जसलाई प्रति सेयर आम्दानीको तुलनाले प्रष्ट पार्छ । यसलाई पनि चित्रमा हेरौं ।

खुद नाफाको आकार बढे पनि प्रति सेयर आम्दानीमा आएको संकुचनका कारण नै बैंकहरुको सेयर मूल्यम ागिरावट आएको हो । लाभांस तथा बोनसबाट सेयरको संख्या अधिक मात्रामा बढ्दा लगानी केही हदसम्म सुरक्षित भएको बुझ्न सकिन्छ । तर नोक्सान नै भएन भन्न मिल्दैन ।

एक वर्षको अवधिमा लाभांस तथा बोनस र हकप्रद पाउँदा पनि बैंकहरुको सेयर मूल्य कति तल झर्यो त ? यो तथ्यलाई पनि चित्रमा हेरौं ।

स्टाण्डर्ड चार्टर्ड। एभरेष्ट, एसबिआई, सिद्धार्थ, लक्ष्मी, बंगलादेश लगायत बैंकहरुको सेयर मूल्यमा अधिक गिरावट आएको छ । उल्लेखित बैंकहरुले ठुलो संख्यामा बोनस तथा हकप्रद जारी गर्दाको असर दोस्रो बजारमा परेको हो । अरु बैंकहरुको पनि बोनस र हकप्रदका कारण नै सेयर मूल्य तल्लो विन्दुमा आएको हो ।

जगेडा कोषको आकार एक वर्षको अवधिमा के भयो ? यो तथ्यलाई पनि चित्रमा हेरौं ।

औसतमा बैंकहरुको जगेडा कोषको आकार बढेको देखिन्छ । ठुलो मात्रामा बोनस जारी गरेका बैंकको जगेडा कोषको आकार सोही अनुपातमा घट्नु स्वभाविक हो । यही जगेडा कोषले लगानीकर्तालाई आशावादी बनाउन सक्छ । कमाईको आकार निरन्तर बढ्दै जानु, जगेडा कोष मजवुत हुँदै जानु लगायत कारणले बैंकहरुको सेयरमा लगानीकर्ता आशावादी बन्नु स्वभाविक हो ।

यसो भन्दै गर्दा बैंकहरुको नेटवर्थमा कति परिवर्तन आयो भन्ने पनि हेर्न जरुरी हुन्छ । जगेडा कोषमा धेरै बढोत्तरी हुन नसक्नु, कमाई सिमित मात्रामा बढ्नु जस्तो अवस्थामा तिब्र रुपमा पूँजी बढ्दा बैंकहरुको नेटवर्थ केही कमजोर बनेको छ । जसलाई चित्रमा तुलना सहित देखाइएको छ ।

पूँजी बढेसंगै बढेको सेयर संख्या नै बैंकहरुको सेयर मूल्य गिरावटको प्रमुख कारक हो । बैंकले पूँजी बढाए जसरी नै छोटो समयमा व्यवसाय बिस्तार गर्न नसक्ने भए पनि केही समयको अन्तरालमा पक्कै राम्रो नतिजा पस्किने छन् । सस्तोमा सेयर पाइरहेका बेला क्षमता अनुसार लगानी गर्न तयार हुने हो भने अहिले गरिने लगानी सुरक्षित हुन सक्छ । अब बैंकहरुले तेस्रो अनि चौथो त्रैमासको वित्तीय विबरण निकाल्ने समयसम्ममा अहिलेको अवस्थामा केही परिवर्तन आउने भएकाले पनि आशावादी हुन सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।