नेशनल हाइड्रोका लगानीकर्ता हुने भए फेरि पनि निराश

Jan 31, 2018 merolagani

नेशनल हाइड्रो पावर कम्पनी (NHPC)  चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९७ लाख २१ हजार घाटामा गएको वित्तीय विवरण प्रस्तुत गरेर फेरि पनि लगानीकर्तालाई निराश बनाएको छ । पहिलो त्रैमासम्ममा ९५ लाख नाफामा रहेको कम्पनी पछिल्लो तीन महिनामा ९७ लाख घाटामा पुगेको हो।



दोस्रो त्रैमासको कम्पनी खुद घाटा बढेपछि पहिलो त्रैमासको तुलनामा कुल संञ्चीत नोक्सान समेत बढेकोे छ । कम्पनी ४३ करोड ७ लाख संचित नोक्सानीमा छ । जसको चुक्तापूँजी १ अर्ब ३८ करोड छ ।

कम्पनीले यसअवधमिा विजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी पहिलो त्रैमासको तुलनामा १४ लाख बढी हो । करका लागि कम्पनीले ४७ लाख रुपैयाँ ब्यवस्था गर्दा खुद नाफा नकरात्मक देखिएको छ । कम्पनीको संचालन खर्च समेत बढेर गएको छ ।

कम्पनीले अझै १६ करोड ५७ लाख रुपैयाँ कर्जा चुक्ता गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २.८१ रुपैयाँ नेगेटिभ र प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।