एनएलजी इन्स्योरेन्सको २५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम

Jan 31, 2018 merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी(NLG) को प्रस्ताव गरेको २५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । कम्पनीले फागुन ३ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । जसका लागि विहीबार शेयरधनी किताब बन्द गर्देछ ।



कम्पनीले प्रस्ताव गरेको बोनस पाउन र साधारणसभामा भाग लिन माघ १७ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । कम्पनीले साधारणसभाबाट गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांस प्रस्तावका साथै समूह ख र ग का संचालक चयन गर्नेछ ।

कम्पनीले १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस बापतको करका लागि १.३१ प्रतिशत अर्थात ६७ लाख ४१ हजार ११६ रुपैयाँ नगद वितरण गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ६४ करोड नाघ्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।