नयाँ सिईओको खोजीमा सेञ्चुरी बैंक,अनिल शाहसँग गरेको सम्झौता रद्ध

Jan 31, 2018 Merolagani

सेञ्चुरी बैंक लिमिटेड (CCBL) ले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ती प्रकृया अघि बढाएको छ । साथै बैंकले जनवरी एक २०१८ देखि हाजिर हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका अनिल केशरी शाहसँग गरिएको सम्झौता रद्द गरेको समेत जनाएको छ ।



मेगा बैंक छाडेर सेञ्चुरी बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी समाल्ने सम्झौता गरेका शाहसँग सेञ्चुरीले गत कात्तिक १६ गते सम्झौता गरेको थियो । यही माघ ७ गते बसेको बैठकले सम्झौता रद्ध गरी नयाँ प्रमुख कार्यकारीको नियुक्ती प्रक्रिया अघि बढाएको बैकले जनाएको छ ।

यता सेञ्चुरीसँग पारिश्रमिकको बिषय नमिलेपछि नबिल बैंकको प्रमुख कार्यकारीमा नियुक्ती भएका शाहको नबिल बैंकले पनि नियुक्ती खारेज गरेको छ । शाहलाई नबिल बैंकको सञ्चालक समितिले आगमी फागुन ५ गतेबाट कार्यकाल सुरु हुनेगरी गत पुस १३ गते नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकको ’कुलिङ पिरियड’ सम्बन्धि निर्देशन आएपछि नबिल बैंकको सञ्चालक समितिले गत सोमबार अनिल शाहको नियुक्ति खारेज गरेको छ ।

राष्ट्र बैंकले २०७४ पुस १३ गते देखि कुलिङ पिरियड लागू गरेको थियो। जसमा एउटा संस्था छाडेको प्रमुख कार्यकारी अधिकृत अर्को संस्थामा ६ महिनासम्म जान नपाउने व्यवस्था छ ।

शाहले मंसिर २३ गतेबाट दुई कार्यकाल पुरा गरि मेगा बैंकबाट अवकाश लिएका थिए। अब शाहले जेठ २२ सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी हुन पाउँदैनन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।