सुस्त गतिमा उकालो लाग्दैछ बजार, किन भयो बुटवल पावरको अधिक कारोबार ?

Jan 31, 2018 Merolagani

बुधबार सेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार आएको छ । बजार सुचकसँगै कारोबार रकममा पनि आएको बढोत्तरीले लगानीकर्तालाई केही राहत मिलेको छ । एफपीओ विवादमा परेको बुटवल पावरको सेयरमा चलखेल गरी अधिक सेयर कारोबार गराइएको छ । यसका बावजुत पनि बीपीसीको सेयर मूल्यमा केही गिरावट आएको छ ।

बजार खुलेदेखि सुस्त गतिमा उकालो लागेको बजार २.२६ अंकको सुधार सहित बन्द भएको हो । योसँगै बजार सुचक नेप्से १४०४.४९ अंकमा उक्लिएको छ ।

१५६ कम्पनीको सेयर किनबेच भएको बजारमा ३ वटा उपसमुह बाहेकका सबै उपसमुह उकालो लागेका छन् । बुधबार उल्लेखित कम्पनीका ७ लाख ४९ हजार ४८४ कित्ता सेयरहरु ३१ करोड १५ लाख ३४ हजार रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि झण्डै ३ करोड रुपैयाँले उकालो लागेको छ । बजार पूँजीकरण पनि साढे १६ खर्ब नजिक पुग्ने तरखरमा लागेको छ ।

वाणिज्य बैंक उपसमुह सुस्त गतिमा उकालो लाग्दा सुचक बढोत्तरी पनि सुस्त बनेको हो । यस क्रममा बैंकको उपसमुह१.९७ अंकले उकालो लागेको छ । व्यापार, होटल, विकास बैंक, वित्त, लघुवित्त र बीमा सूचक उकालो लागेको बजारमा जलविद्युत, उत्पादन र अन्य समुहका सूचकहरु ओरालो लागेका छन् ।

एफपीओ विवादमा परेको बुटवल पावर कम्पनीको बुधबार अधिक सेयर कारोबार भएको छ । सन् २०२० को जुलाई पछि खिम्ती जलविद्युत आयोजनाको कमाईबाट हात धुने अवस्थामा रहेको कम्पनीको सेयरमा चलखेल गर्नेहरुले अधिक कृतिम माग देखाएर मूल्य गिरावटलाई रोक्ने प्रयत्न गरेका छन् । यस्तो अवस्थामा सर्वसाधारण लगानीकर्ता उचालिएर कम्पनीको सेयरमा लगानी गर्न खाेजेको खण्डमा दुर्घटनामा पर्नसक्ने देखिन्छ । ओरालो लाग्ने क्रममा एफपीओ सूचीकरणको समयमा कम्पनीको सेयर मूल्य एफपीओभन्दा सस्तो हुनसक्ने देखिन्छ ।

सानिमा माई हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्योरेन्स, इन्भेष्टमेण्ट बैंक, नबिल, एनएमबी लागयत बैंकको पनि अधिक सेयर कारोबार भएको छ । अधिक सेयर मूल्य बढ्ने कम्पनीहरुमा विकास बैंक, वित्त र लघुवित्त कम्पनीको वर्चस्व देखिएको छ ।

धेरै सेयर मूल्य बढ्ने कम्पनीको पहिलो स्थानमा भने नेपाल इन्स्योरेन्स परेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य अधिक घटेको बजारमा लक्ष्मी लघुवित्त, बुटवल पावर कम्पनी, नेपाल हाइड्रो डेभलपसर्स लगायत कम्पनीको पनि सेयर मूल्य धेरै घटेको छ । बुटवल पावरको सेयर मूल्य कृतिम माग श्रृजना गरिएका कारण धेरै नघटेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।