बीपीसीको एफपीओमा लगानीकर्ताको माग सेबोनले नसुन्नु संदेहपूर्ण, यसरी हुँदैछ चलखेल

Jan 31, 2018 Merolagani

बुटवल पावर (BPCL) को थप नयाँ साधारण शेयर अर्थात एफपीओमा लगानीकर्ताले उठाएका सवालहरुको बारेमा धितोपत्र बोर्डले कुनै प्रतिक्रिया नजनाउनु संदेहपूर्ण भएको आरोप लागेको छ । २ वर्ष पछि कम्पनीको आम्दानीमा भारी गिरावट आउने कम्पनीमा लगानीकर्तालाई फसाइन खाजेको भन्दै चौतर्फी बिरोध पनि सुरु भएको छ ।

लगानीकर्ताको साझा संस्था नेपाल इन्भेष्टर्स फोरमले बीपीसीले सर्बसाधारणमा सेयर नै जारी नगरेको अबस्थामा लगानीकर्ता फस्ने गरी महंगो मूल्य तोकेर एफपीओ स्वीकृत गरिएकोमा आपति जनाउँदै मंसिर २८ गते धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको थियो ।

फोरमले साधारण सेयर नै जारी नगरेको कम्पनीलाई प्रिमियम मूल्य राखेर थप नयाँ साधारण सेयर जारी गर्न दिनु सार्वजनिक निश्काशनकै अवधारणा विपरित हुने बताएको थियो । बीपीसीलाई एफपीओ जारी गर्न दिए पनि किताबी मूल्यसम्म मात्र सिमित रहेर स्वीकृति दिन फोरमले माग गरेको थियो तर बोर्डले लगानीकर्ताको यस्तो मागको सुनुवाई नै नगर्नु रहस्यपूर्ण देखिएको फाेरमकाे अाराेप छ ।

किताबी मूल्य सम्मको मात्र प्रिमियम निर्धारण गरी चिलिमे जलविद्युतको मोडलमा साधारण सेयर निष्काशन गर्न दिएको सुझाव विपरित धितोपत्र बोर्डले केही व्यक्तिहरुको पृष्ठ पोषणको सुरुवात गराएको फोरमको दाबी छ ।

यस अघि एफपीओ निष्काशन गर्न आबेदन गरेका कम्पनीहरुलाई बोर्डले पटक पटक गरेर सेयर मूल्य तल्लो तहमा राख्न लगाएको थियो । तर बुटवल पावरको एफपीओको मूल्य दोस्रो बजारको हाराहारीमा नै स्वीकृत गरिएकाले मिलेमतोको आशंका गर्ने प्रशस्त आधार तयार गरेको नेपाल इन्भेष्टर्स फोरमको दाबी छ ।

नियम अनुसार कुनै हालतमा बीपीसीले थप सेयर निष्काशन गर्न नपाउने इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

रौनियार भन्छन्, 'साधारण सेयर निष्काशन नगरेको कम्पनीलाई हचुवाको भरमा कसरी एफपीओ निष्काशनको स्वीकृति प्रदान गरियो ? धितोपत्र बोर्डले किन यस्ता कुरा नहेरी सरोकारवालाहरुको सुझावलाई बेवास्ता गरेको हो भन्ने कुरा गम्भिर छ । शंका गर्ने ठाउँहरु धेरै छन् । लगानीकर्ता र बजारको हितका लागि यो एफपीओ रद्ध हुनु पर्छ ।’

कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव अघि सारे देखि नै आफुहरुले नियम विपरित भएको बताउँदै आए पनि सिमित व्यक्तिको फाइदालाई ध्यानमा राखिएको फोरमको आरोप छ ।

यस अघि निष्काशन भएका नेपाल लाइफ इन्स्योरेन्स, स्टाण्डर्ड चार्टर्ड बैंक, प्रिमियर इन्स्योरेन्स लगायतकम्पनीको एफपीओको मूल्य दोस्रो बजारको सेयरमूल्यभन्दा झण्डै आधा मात्र कायम गरिएको थियो । तर अहिले बीपीसीमा यस्ता कुनै आधार नकेलाई सेयर निष्काशनका लागि बाटो खुल्ला गरिएको फोरमको भनाई छ ।

कम्पनीको सेयरमा लगानी गर्नेहरु अब कुनै पनि अवस्थामा फाइदामा जान नसक्ने देखिन्छन । सन् २०२० को जुलाईबाट हिमाल हाइड्रोको खिम्ती जलविद्युत आयोजनाको पीपीए सकिएसँगै ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणमा जाने छ ।

त्यस पछि बुटवल पावरको कमाईमा ८५ प्रतिशतको गिरावट आउनेछ । कम्पनीले अहिले गर्ने लगानीले तत्काल कमाई गर्न पनि सक्दैन । जसले गर्दा लगानीकर्ता उच्च जोखिममा पर्ने अवस्था श्रृजना भएको हो । उक्त आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । 

अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बीपीसीले कर पछि ५७ करोड ५९ लाख रुपैंया नाफा गरेको थियो । उक्त नाफामा ५३ करोड १७ लाख रुपैंया हिमाल पावरबाट लाभांस वापत आएको आम्दानी मात्र छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण अनुसार ६४ करोड ९३ लाख रुपैंया खुद नाफा कमाएको कम्पनीले ५५ करोड १० लाख रुपैंया हिमाल हाइड्रोबाट लाभांस वापत आम्दानी गरेको छ । यो तथ्यले बीपीसीले आफुले बिजुली बेचेर खासै पैसा कमाउन नसक्ने देखिन्छ । अब २ वर्ष पछि माथि उल्लेखित लाभांस आउन बन्द भए पछि बीपीसीको अवस्था के होला ? वर्षमा १५ करोडमात्र कमाएर लगानीकर्तालाई कति लाभांस बितरण गर्ने ? कम्पनी सञ्चालनका लागि नै यो रकम अपुग हुन सक्छ ।यस्तो अवस्थामा लगानीकर्ता असुरक्षित हुने निश्चित छ ।

यस्तो अवस्थामा धितोपत्र बोर्डले गरेको निर्णय विवादास्पद बन्नु स्वभाविक हो । यदि बोर्डको निर्णय विवादित बन्नु हुँदैन थियो भने यस अघिका एफपीओमा लागू गरिएका मापदण्ड बीपीसीमा पनि लागू गरिनु पथ्र्यो ।

धितोपत्र बोर्डले भने धितोपत्र सम्बन्धि कानुन तथा नियम अनुसार बीपीसीको एफपीओ स्वीकृत गरिएको दाबी गरेकोे छ । बोर्ड प्रवक्ता निरज गिरीले मेरोलगानीसँगको कुराकानीमा भने,‘एफपीओ निष्काशनका लागि निर्धारण गरिएको मापदण्डका आधारमा कम्पनीको एफपीओ स्वीकृत गरिएको हो ।’

बुटवल पावरको एफपीओ धोकाधडीपूर्ण, यसरी फस्दैछन् लगानीकर्ता

दोस्रो बजारमा यसरी हुँदैछ लागनीकर्ता फसाउने भयङ्कर चलखेल

किन्नेहरु धेरै भएको भ्रम पैदा गरेर महंगो मूल्यमा कम्पनीको सेयर बेच्ने खेल सुरु भएको छ । जसका कारण बुधबार सेयर बजारमा बुटवल पावपरको अधिक सेयर कारोबार भएको छ । कुल ३१ करोडको सेयर कारोबार भएको बजारमा चलखेल गराउनेहरु सक्रिय भएर कम्पनीको सेयर मूल्य घट्न नदिने तिकडममा लागेका थिए । यही मौकामा उनीहरुलाई अहिलेको मूल्यमा सेयर बिक्री गर्नेहरुले मौकाको फाइदा उठाउँदा बीपीसीको मात्र २ करोड ४२ लाख रुपैंयाको सेयर किनबेच हुन पुग्यो ।

यस्तो अवस्थामा चलखेल गरेर मूल्य बढाउन खोज्नेहरुले बुधबारको मूल्यमा बेचेको सेयरले अब फेरी उही मूल्य पाउने छैन । एफपीओ बिक्री सुरु भएसँगै देखिएको बिक्री चापले मूल्य घट्ने देखिए पछि त्यसलाई रोक्न सलबलाएका पात्रहरुसँग साधारण लगानीकर्ता सचेत हुनै पर्छ । सेयर मूल्य तल झरिसकेको अवस्थामा यसरी अधिक खरिद चाप देखाएर लगानीकर्तालाई झुक्याउन खोजिएको थियो । 

जलबिद्युतको सेयरमा लगानी गर्ने ? प्रतिफल खान पाँच देखि १० बर्ष कुर्नुपर्छ

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।