प्रिमियर इन्स्योरेन्सको एफपिओ आज बाँडफाँड हुँदै, नतिजा मेरो लगानीमा

Feb 01, 2018 merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले निष्कासन गरेको थप नयाँ सेयर (एफपिओ) को आज बाँडफाँड हुँदै छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ । सेयर बाँडफाँडको नतिजा मेरो लगानीमा प्रकाशित हुनेछ ।

इन्स्योरेन्सले १०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँका दरले ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १ लाख ८९ हजार वटा आवेदन परेको क्यापिटलले जनाएको छ । उल्लेखित आवेदनबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाको सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो ।

कम्पनीको सेयर १० कित्ताका दरले जम्मा ६६ हजार ५५६ जनाले मात्र पाउने भएका छन् । कम्पनीको सेयरमा आवेदन गर्ने एक सय जनामा ३५ जनाले मात्र १० कित्ता सेयर पाउँदा ६५ जना रित्तो हात हुने भएका छन् ।

कम्पनीले एफपिओ बिक्री पश्चात ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । अंकित मूल्य भने अहिलेको चुक्ता पूँजी ४४ करोड ५ लाख रुपैंयामा थप भई ५१ करोड माथि पुग्नेछ ।

बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड नजिक पुग्नेछ । उसले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप ४२ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । यस क्रममा उसले प्रिमियम वापत संकलन भएको रकमको सदुपयोग गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।