जानकी फाइनान्सको निष्कृय कर्जा असुली एक करोड ९२ लाखबाट चार करोड २३ लाख रुपैयाँ पुगेको छ । खर्च वृद्दिकाे अनुपातमा अाम्दानी बढाउन नसकेकाे कम्पनीकाे नाफा निष्कृय कर्जा असुलीका कारण मात्र संम्भव भएकाे छ ।
४० करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ८९ लाखले बढेर १८ करोड ४३ लाख पुगेको छ । दोस्रो त्रैमासमा कम्पनीले एक अर्ब ४९ करोड निक्षेप सङ्कलन गरि एक अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ ।
कम्पनीले दोस्रो त्रैमासमा व्याज आम्दानी सामान्य घटेको छ भने खर्च गत आवको तुलनामा ३५ प्रतिशत बढेपछि खुद नाफा पाँच करोड ७१ लाखबाट तीन करोड ८१ लाखमा झरेको छ ।
कर्मचारी खर्चमा कटौती गर्न सफल फाइनान्सको अन्य सञ्चालन खर्च र निष्कृय कर्जा अनुपात ५.८३ प्रतिशतबाट ९.६६ प्रतिशतमा बढेपछि नोक्सानी व्यवस्थाको रकम ५८ लाखबाट तीन करोड ९२ लाख रुपैयाँमा बड्दा संस्था ५० लाख ९० हजार सञ्चालन नोक्सानीमा पुगेको देखिन्छ ।
कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ११ रुपैयाँ ९२ पैसा, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा, र तरलता अनुपात ३६.०१ प्रतिशत रहेको छ ।