सिद्धार्थ बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम, फागुन २ देखि बिक्रीमा आउने

Feb 04, 2018 merolagani

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पु(याउने क्रममा सिद्धार्थ बैंक (SBL) ) ले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्न लागेको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ ।



बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।