सांग्रिला डेभलपमेन्ट र प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद भर्न छुट्यो !

Feb 04, 2018 merolagani

सांग्रिला डेभलपमेन्ट बैंकले बिक्रीमा ल्याएको ८० प्रतिशत हकप्रद सेयरमा अावेदन गर्ने म्याद ७ दिन थप गरेकाे छ भने  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियले गत पुस १६ गते तथा सांग्रीलाले गत पुष १७ गतेबाट हकप्रद सेयरको आवेदन खुलाएका थिए ।



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ) ले गत पुस १७ गते सोमबारदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हाे । बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको छ ।

बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । यसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ । बैंकले समय थप गरेसँगै अब सेयरधनीले माघ २९ गतेसम्म अावेदन गर्न सक्नेछन् ।

प्रुडेन्सियल इन्स्योरेन्सकोे ३० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL)  ले निष्कासन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो ।

हकप्रद जारी गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते सेयरधनी किताब बन्द गरेकाले मंसिर १४ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

एनआईसी एशिया क्यापिटल हकप्रद सेयरको विक्री प्रबन्धक रहेकोे छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।