निर्धन उत्थानको खुद नाफा घट्यो, खराब कर्जा पनि बढ्यो

Feb 04, 2018 merolagani

निर्धन उत्थान बैंक (NUBL) को खुद नाफा १०.५८ प्रतिशतले घटेको छ । घ वर्गको बैंकिङ कारोबार गर्दै आएको यस संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ९४ लाख खुद नाफा गरेको छ । जून गतबर्षको भन्दा तीन करोड १८ लाख कम हो ।

गत आवको यस अवधिमा बैंकले ३० करोड १३ लाख रुपैंया खुद नाफा गरेको थियो ।

बैंकले यस अवधिमा एक अर्ब २० करोड २४ लाख ब्याज आम्दानी गरेको छ भने ५४ करोड ४० लाख ब्याजमा खर्चेको छ । गत वर्षको यसै अवधिमा ब्याजमा एक अर्ब तीन करोड ५५ लाख आम्दानी गरेर ३० करोड ४१ लाख खर्च गरेको थियो ।

यस अवधिमा बैंकको कोषको लागत ६.१७ प्रतिशतबाट ८.९८ प्रतिशतमा पुगेको छ भने खराब कर्जा ०.२६ प्रतिशतबाट ०.६५ प्रतिशतमा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ८९ पैसा रहेको छ भने तरलता अनुपात २७.२७ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ६० करोडबाट एक अर्ब पुगेको छ भने यस अवधिमा बैंकले सात अर्ब ३२ करोड ७५ लाख निक्षेप संकलन गरेर १३ अर्ब ५४ करोड ७० लाख कर्जा लगानी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।