समिक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो ।
एक अर्ब १५ करोड चुक्ता कम्पनीको जगेडाकोषमा ५ करोड ९८ लाख सञ्चिति छ ।
युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ ।
कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको छ ।
जलविद्युत कम्पनीले गत फागुनमा १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।