एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्र हकप्रद बिक्री गर्ने

Feb 04, 2018 merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्रै हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीको माघ १८ गतेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयले कम्पनीले यसअघि प्रस्ताव गरेको हकप्रदको अनुपात फरक पर्ने देखिएको छ ।

एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले दिएको निर्देशन बमाेजिम ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर हकप्रद शेयर जारी गर्ने निर्णय गरेको जनाएको छ । बीमा समितिले इन्स्योरेन्सलाई गत पुस २८ गते संस्थापक शेयर ५१ प्रतिशत कायम गर्न निर्देशन दिँदै पत्रचार गरेको थियो ।

कम्पनीको बैठकले बीमा समितिले दिएको निर्देशन बमोजिम ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर गत बर्षको बार्षिक साधारणसभाले पारित गरेको ६ सय प्रतिशत हकप्रद परिमार्जन गरी बीमा समितिले तोकको चुक्ता पूँजी पुग्नेगरी आवश्यक हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले यी प्रस्तावहरु आगामी साधारणसभा लग्ने नेप्सेलाई जानकारी गराएको छ ।

आगामी असार मसान्त भित्र इन्स्योरेन्सले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ५१:४९ प्रतिशत कायम गर्दै चुक्ता पूँजी एक अर्ब नघाउनुपर्नेछ ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।