यसरी प्रदान गर्ने लाभांश कर कट्टीपछि हुने आउने रकम जम्मा हुने र सेयरधनीको खाता रहेको बैंकको नियमानुसार कुनै शुल्क लाग्ने भए सो सेयरधनीले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । सम्बन्धित सेयरधनीकाे खातामा नगद लाभांश रकमान्तर हुन नसकेकाकाे हकमा उनिहरूकाे निवेदनका अाधारमा एकाउण्ट पेयी चेक मार्फत भुक्त्तानी गरिने जनाइएकाे छ ।
डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई नगद लाभांश पाउन अद्यावधिक गराउन आग्रह गरेको छ ।हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीलाई कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा हितग्राही खाता खोल्न लघुपिवत्तले अनुरोध गरेको छ ।
लघुवित्तको पुस २८ गते सम्पन्न १९ औं बार्षिक साधारण सभाले १५ प्रतिशत नगद तथा पाँच प्रतिशत बोनस पारित गरेको थियो ।