एनआईडिसीको अस्तित्व सकियो, राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोष ७ अर्ब नाघ्यो

Feb 04, 2018 Merolagani

एनआईडिसी डेभलपमेण्ट बैंकलाई आफुमा गाभेर राष्ट्रिय वाणिज्य बैंकले चुक्ता पूँजी तथा जगेडा कोषको आकार बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभाले एनआईडिसीलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै एनआईडिसीको अस्तित्व पनि समाप्त हुने भएको छ । दुई संस्था एक बराबर एक अनुपातको सेयर आदानप्रदान गर्दै एक आपसमा गाभिने क्रमले झण्डै अन्तिम रुप पाएको हो ।

विशेष साधारण सभाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनआईडिसी डेभलपमेन्टका बिचमा भएको अन्तिम सम्झौता (स्कीम अफ एरेन्जमेण्ट) लाई पनि अनुमोदन गरेको छ । अब राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एनआईडिसीको अस्तित्व समाप्त हुनेछ भने राष्ट्रि वाणिज्य बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

वाणिज्य बैंक संचालक समितिका अध्यक्ष डा. रबीन्द्र प्रसाद पाण्डेले मर्जर पश्चात राष्ट्रिय वाणिज्य बैंक अझ बलियो र ठूलो बैंक बन्ने विश्वास ब्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा प्रष्ट पारेका थिए ।

०७३ माघ १४ गतेको मन्त्रीपरिषद् बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो । दुबैं बैंकले माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार थाल्ने सहमति गरेका थिए । तर गाभ्ने गाभिने प्रक्रिया लम्बिन गए पछि अझैएकीकृत कारोबार सुरु हुने मिति निक्र्यौल हुन सकेको छैन ।

उता एनआईडिसीले पनि वाणिज्य बैंकमा मर्जर हुने प्रस्ताव शनिबार सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको छ । बैंकमा लगानी गरेका साधारण सेयरधनीलाई लगानी फिर्ता गर्ने प्रस्ताव पनि बैंकको साधारण सभाले पारित गरेको छ ।सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई कम्पनी ऐनको दफा १७७ को उपदफा (७) अनुसार एनआईडीसीले सम्पत्ति तथा जायजेथा मूल्याङ्कनअनुसार कायम भएको मूल्य प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव विशेष साधारण सभाले पारित गरेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

बैंकको हाल ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार गर्दै आएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।