प्राइम लाइफले लगायो कालोसूचीमा परेका संस्थापकलाई हकप्रद भर्न बन्देज

Feb 04, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले कर्जा सूचना केन्द्रले कालो सुचीमा समावेश गरेका संस्थापक सेयरधनीलाई हकप्रद भर्न बन्देज लगाएको छ । अाइतबार सूचना जारी गर्दे इन्स्याेरेन्सले कर्जा दुरूपयाेग गरेका संस्थापककाे हकप्रद भर्ने अधिकारमा बन्देज लगाएकाे हाे ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका संस्थापकलाई हकप्रद सेयर किन्न बन्देज लगाउने अनिवार्य कानूनी व्यवस्था छैन तर कम्पनी आफैँले रोक लगाउने कि नलगाउने निर्णय गर्दे आएका छन् ।

सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर निष्कासनको सुचना प्रकाशित गर्नु अगावै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको व्यवस्था अनुसार कुनैपनि कम्पनिका एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका संस्थापकले आफ्नो हिस्सा बराबरको रकम हकप्रद निष्काशन भन्दा पहिला नै जम्मा गर्नुपर्ने व्यवस्था छ । 

साेही अनुसार इन्स्योरेन्सले चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढी सेयर धारण गरेका संस्थापकलाई निष्काशन गर्ने १६० प्रतिशत हकप्रद वापतको आफ्नो हिस्सा बराबरको रकम जम्मा गर्न सूचना जारी गरेको छ ।

सर्वसाधारणमा हकप्रद जारी गर्नुअघि संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी स्वामित्व रहेका संस्थापकले आफ्नो हिस्सामा पर्न आउने सेयर वापतको रकम अग्रीम बुझाउनुपर्ने व्यवस्था छ ।

कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि गत भदौ २७ गते सम्पन्न सातौ, आठौ, नवौ र दशौं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनसपछि कायम ६१ करोड २ लाख रुपैयाँको १६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयअनुसार धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बीमा समितिले चालु आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पूँजी पु-याउन निर्देशन दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।