स्वाबलम्बन लघुवित्तको नाफामा सामान्य सुधार

Feb 05, 2018 merolagani

स्वाबलम्बन लघुवित्त विकास बैंक लिमिटेड (SWBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ३० लाख खुद मुनाफा गरेको छ । गत बर्षको सोहि अबधिको तुलनामा २ करोड १३ लाख बढी हो । गतबर्ष लघुवित्तले १४ करोड १७ लाख खुद नाफा गरेको थियो ।

अन्य संचालन आम्दानी उल्लेखीय रुपमा बढेपछि कम्पनीको नाफामा सुधार आएको हो । ब्याज आम्दानीको तुलनामा कम्पनीको ब्याज खर्च बढेको छ । जसले गर्दा खुद ब्याज आम्दानीमा गिरावट आएको छ । यसअवधिमा लघुवित्तले ४२ करोड खुद ब्याज आम्दानी गरेको छ । गतबर्ष यस्तो आम्दानी ४८ करोड थियो ।

यसअवधिमा कम्पनीको खराब कर्जा केही बढेको छ । कम्पनीको निष्क्रिय कर्जा ०.९८ प्रतिशत छ ।
यस अवधिमा लघुवित्तले ४ अर्ब ९९ करोड निक्षेप संकलन गरेको छ ।

लघुवित्तको प्रति शेयर आम्दानी ६४.८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात २०.०५ रुपैयाँ, तरलता अनुपात २० प्रतिशत तथा प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ छ ।

लघुवित्तको चुक्ता पूँजी ५० करोड ३१ लाख छ भने जगेडा कोषमा ७४ करोड राखेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।